ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

लुम्बिनीमा मन्त्रिपरिषद विस्तारको तयारी, को को बन्दैछन् मन्त्री ?

२८ माघ २०७९, शनिबार
२८ माघ २०७९, शनिबार

बुटवल, २७ माघ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्।  यसअघि नेकपा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्ण केसी मन्त्री बनिसकेका छन्। तर उनीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।

नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित थारु छन्। माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने टुंगो लागेको छ। महराले आर्थिक मामिला मन्त्री बन्ने छन् । बाँकी ७ मन्त्रालय साना दललाई समेत मिलाउने गरि एमालेले पाएको छ।

एमालेबाट विष्णु पन्थी, तुल्सीराम शर्मा, दुर्गा थारु मन्त्री बन्दै छन्। पन्थीले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ। मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेले ४, माओवादीले ३ तथा राप्रपा, जनमत र जसपाले एकएक मन्त्रालय लिनेगरी दलहरुले समझदारी गरेका हुन् । नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने भएपछि दलहरुबीच भागवण्डामा सहज भएको हो । जसपा तत्काल सरकारमा नगए त्यो मन्त्रालय एमालेले लिनेगरी सहमति भएको छ ।

आइतबार शपथका लागि सरकारले तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्ति भएका थिए । त्यसको भोलिपल्ट पुस २८ मा मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिए ।

मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्रले जनाएको छ । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला पाउनेगरी सहमति भएको बताएका छन् ।

माओवादीबाट दलका नेता जोखबहादुर महरा अर्थमन्त्रालयल लिएर सरकारमा पार्टीको नेतृत्व लिनेछन् तर अन्य एक मन्त्रीमा टुंगो लागेको छैन । यसअघि मन्त्री बनिसकेका इन्द्रजित चौधरी, स्वतन्त्रबाट जितेर माओवादी रोजेका रोल्पाका दिपेन्द्र पुन सिजल तथा दाङ ३ को २ बाट निर्वाचित धनबहादुर मास्की बलियो दावेदार रहेका छन् ।

एमालेबाट दलका नेता लिला गिरी मुख्यमन्त्री र उपनेता चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेले शहरी विकास, सामाजिक विकास, स्वास्थ्य मन्त्रालय पाउने पाउने भएको छ । शहरी विकासमा चेतनारायण आचार्यले दावी गरेका छन् भने स्वास्थ्य वा सामाजिक विकासमा विष्णु पन्थीको करिब टुंगो लागेको छ ।

अन्य दुई मन्त्रीमा एमालेबाट आकांक्षी धेरै धएकाले मिलाउन सकस भएको हो । जसपा, राप्रपा र जनमत पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाइसकेका सम्बन्धित दलका नेताहरुले बताएका छन् । जसपाबाट संसदीय दलका नेता बाँकेका भण्डारीलाल यादवले आफू नै सरकारमा जाने पार्टीमा सहमति भएको बताए ।

राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई सरकारमा पठाउने भएको छ । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकासमध्ये एउटा मन्त्रालय पाउने छ । जनमत पार्टीबाट रुपन्देही ५ को २ बाट निर्वाचित संसदीय दलका नेता चन्द्रकेश गुप्ता सरकारमा जाने भएका छन् । गुप्ताले आफू नै सरकारमा जाने सहमति भइसकेको तर मन्त्रालय टुंगो नलागेको बताए ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । सो दलको संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीसहित थुनामा रहेका नेता कार्यकर्ताहरु रिहा नभएसम्म आफूहरु सरकारमा नजाने तर सरकारलाई समर्थन कायमै रहने बताए ।

अघिल्लो सरकारले १३ मन्त्री र चार राज्यमन्त्रीगरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो । लिला गिरी मुख्यमन्त्री बनेपछि राज्यमन्त्री नराख्ने र मन्त्रालयको संख्या घटाएर १० पुर्यायाइको छ । प्रदेशसभाको दश प्रतिशतभन्दा बढी मन्त्रीहरु नबनाउने गरी मन्त्रालय घटाइएको हो ।

२०७८ साउन २७ गते शंकर पोख्रेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो । २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाएका थिए ।

पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो । नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो ।

प्रदेशमा अब ९ वटा मन्त्रालय रहने छन् । आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावारण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय नयाँ मन्त्रीको पर्खाइमा छन् ।

मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय राजधानी परिसरमा छन भने बाँकी मन्त्रालय त्यसभन्दा बाहिरि परिसरमा स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?