© २०२३
बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिताको उपाधि न्यु डायमण्ड एकेडेमीले उपाधि हात पारेको छ । फाईनल खेलमा आयोजक एभरेष्ट मावि बुटवललाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि हात पारेको हो ।
उपाधिसंगै न्यु डायमण्डले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । न्यु डायमण्डले पहिलो सेट २५–१७, दोस्रो २५–२१ र तेस्रो सेट २५–२१ को अंकले आयोजक एभरेष्टलाई पराजित गरेको हो । एभरेष्ट उपविजेतामा चित्त बुझाउदै नगद २५ हजार कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ । यसैगरि शनिबार नै भएको तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले जानकी मावि चितवनलाई २५–१५, २५–१९ र २५–१४ अंकले ३–० को सोझो सेटमा पराजित गरेको छ । टप्सले १२ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ भने सान्त्वना स्थान हासिल गरेको जानकी ५ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ ।
प्रतियोगितामा उत्कृष्ट लिभेरो एभरेष्टका यमकली कवँर मगर, उत्कृष्ट स्टाईकर एभेरेष्टकै पुनम चन्द, उत्कृष्ट ब्लकर जानकी मावि चितवनकी मोनिका महतो, उत्कृष्ट सर्भर टप्स मावि पोखराकी ममता दमौरा, उत्कृष्ट सेटर न्यु डायमण्डकी अनुशा सुनुवार र बेष्ट प्लेयर न्यु डायमण्डकै झरना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई हुदै नगद ५ हजार र कपसहित प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
एक कार्यक्रमका बिच पाच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन बराल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार बितरण गरेका थिए । प्रतियोगिता काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रूपन्देहीका गरी १६ टिम सहभागि रहेका एभरेष्टमा सहायक प्राचार्य भिमसेन गौतमले बताए ।à