ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

बिचल्लीमा दलित बालबालिका

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

एउटा दलित परिवार । घामपानी छेक्नलाइ सानो झुपडि । परिवारभरि सात जना छोराछोरी । चेतनाको अभाव, परिवार नियोजनका साधनको उपलव्धता नहुनु जस्ता कारणले आधा दर्जन बढि सन्तान जन्मीए । विरामी बुवा, जसले सकि नसकि भए पनि काम गरेर सन्तानको पेट पालिरहेका थिए । विरामीले निकै च्यापेपछि बुवाको उपचार नपाइ ज्यान गुम्यो । र त्यसको केहि समयपछि आमाको पनि । अहिले भत्कीएको जोखिमपूर्ण झुपडिमा भोको पेट सहित कष्टपूर्ण जीवन गुजारिरहेका छन् सात भाइवहिनीहरु ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर दुईका यी विचल्लीमा परेका बालवालिकाको उद्धारमा सरकारको आँखा लाग्न सकेको छैन । भत्कीएको कच्ची घरमा बसिरहेका १८ बर्षिय काँसिराम विक, १६ बर्षिय भिम बहादुर विक, १४ बर्षिय झुपलाल विक, ११ बर्षिय दुर्गालाल विक, १० बर्षिय रोशन विक, ७ बर्षिय शोभा विक र ४ बर्षिय दिपक विकको पढाइ त अलपत्र परेको छ नै, भोको पेट पाल्न समेत निकै चुनौती देखिएको छ ।
डाक्टरको मुख नै देख्न नपाइ विक्रम संवत् २०७२ मा बुवाको मृत्यु भयो । यस्तै गत कार्तिक ३ गते आमालाई समेत गुमाएपछि यी टुहुरा बालवालिकाको भविष्य झन चौपट हुनतर्फ अग्रसर देखिएको छ । तर विचल्लीमा परेका यी वालवालिकाको गास, वास, कपास, स्वास्थ्य, शिक्षामा न त स्थानीय सरकारले तत्काल पहल थाल्न सकेको छ । न त प्रदेश र केन्द्र सरकारले नै टुहुरा बालवालिकाको दुःख देखेको छ ।
उनीहरुको सम्पतीको नाममा अहिले भत्किएको झुपडी, ३ रोपनी जग्गा र २ वटा बाख्रा रहेका छन् । अब सबै भाईबहिनीको खर्च टार्नमा १८ बर्षीय काँसिराम विकलाई चुनौती थपिएको छ । उनको काँधमा भाइवहिनीको भोको पेट भर्ने जिम्मेवारि बढेको छ । चीन्तीत हुँदै काँसिरामले भने, ‘भाइवहिनीले भोक लाग्यो भनेर रुन्छन् । घरमा न त पैसा छ न त अन्नपात नै छ । कसरि बाँच्ने हो विचल्लीमा परेका छौँ ।’ गाउँमा ज्याला मजदुरि गरेर घर खर्च जसोतसो टार्ने कोसिस गरिरहेको उनले बताए ।
उद्धारको लागी तत्काल पहल थाल्छौँ ः अध्यक्ष के सी
यसैबीच कालिमाटी गाउँपालिकाले तत्काल जोखिम अवस्थामा रहेका टुहुरा बालवालिकाको उद्धारका लागी निर्णय गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर के सीले बुटवल टुडेसंग भने, ‘दलित बालवालिकाहरु विचल्लीमा परेको हामीलाइ थाहा छ । बाउआमा गुमाएपछि उनीहरु निकै समस्यामा परेका छन् । अव तीहार लगत्तै कार्यपालिकाको बैठक गरेर उनीहरुको उद्धारका लागी आवश्यक निर्णय गर्छाैँ ।’ वालवालिकाको पालन पोषण र शिक्षा, दिक्षाका लागी प्रदेश सरकार तथा जिल्लाका सांसदहरुसंग पनि कुरा गर्ने केसीले बताए । गाउँपालिकाको तर्फबाट आमाको मृत्यु हुँदा पाँच हजार रुपैयाँ किरिया खर्च वापत प्रदान गरिएको जनाउँदै अध्यक्ष केसीले दुःख, पिडा संगै जोखिममा परेका सात वालवालिकाको लागी सहयोगी हात अघि सार्न सबैमा आग्रह समेत गरेका छन् । विचल्लीमा परेका वालवालिकाको लागी स्थानीयहरुले ५ हजार ६ सय ८० रुपैया सहयोग गरेका छन् । दलित सेवा संघ सल्यानले पनि ती बालबालिका मध्ये एकजनालाई सिपमुलक तालिम दिएर रोजगार दिने प्रतिबद्धता जनाएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?