© २०२३
रुपन्देहीको नहरपुरमा जारी पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा आयोजक माउण्ट स्टार एफसी विजयी हुदै अन्तिम चारमा स्थान पक्का गरेको छ । आयोजक माउण्ट स्टार एफसी र सेभेन स्टार एफसी बिचको निक्कै प्रतिस्प्रर्धात्मक खेल
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टस हुदा आयोजक माउण्ट स्टार विजयी भएको हो । ब्याक लाइटको कारण खेल टसमा गएको संयोजक बिनोद गौतम क्षेत्रीले बताए ।
नहरपुर मावि खेलमैदानमा मंगलबार भएको निक्कै प्रतिस्प्रर्धात्मक क्वाटरफाईनल खेलमा आयोजक माउण्टका सुभाष गुरुङ्गले खेलको १८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सेभेन स्टारका विदेशी खेलाडी पोपले खेलको २८ औ मिनेटमा बराबरी गोल गरेका थिए ।
खेलमा आयोजक माउण्ट स्टारका सुभाष गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । शुक्रबार अन्तिम क्वाटरफाईनल खेलमा सुनौलो संगम युवा क्लब बुटवल र भैरव एफसी नवलपरासीका बिच हुने संयोजक बिनोद गौतम क्षेत्रीले बताए । प्रतियोगितामा उपाधि विजेतालाई नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सेमीफाईनल पुग्ने दुई टिमलाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा उपाधिका लागि काठमाण्डौ, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रुपन्देही १६ वटा टिमले भाग लिएका छन ।