ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

प्रांगारिक खेती प्रवद्र्धन गर्न सरोकारवालाको माग

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

तिलोत्तमा, २२ माघ । प्रांगारिक खेती प्रवद्र्धनका लागि कृषिमा सरकारले लगानी बढाउनुपर्ने किसानहरुले माग गरेका छन् ।
मानव स्वास्थ्य र खेतीयोग्य जग्गाको माटो सुरक्षाका लागि प्रांगारिक कृषिको व्यवसायिकरण गरी उत्पादन बढाउनुपर्ने उनीहरुको माग छ ।
रुपन्देहीको तिलोत्तमा–१० स्थित उद्यमशील टोल विकास संस्थाको प्रथम अधिवेशनका अवसरमा सरोकारवालाले रासायनिक मलको प्रयोगबाट उत्पादन हुने कृषि उपजले मानव स्वास्थ्य र माटोको उर्बराशक्तिलाई नकारात्मक असर पु¥याउने भएकाले प्रांगारिक खेती प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका हुन् ।
लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक गद्दीले सरकारले कृषि पेशा र किसानलाई हेय दृष्टिले हेरेको गुनासो गर्दै हरेक कृषि उत्पादनको उचित मूल्य तोकेर बजारीकरणमा लगानी बढाउनुपर्ने बताए ।
कृषि क्षेत्रमा बिचौलिया र सिण्डिकेट हावी भएको भन्दै उनले यसबाट किसान र उपभोक्ता दुबै ठगिएकाले यसको अन्त्य हुनुपर्ने बताए ।
लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका कृषिविज्ञ डा. दामोदर भुसालले देशको कूल जनसंख्याको दुई तिहाई कृषिमा संलग्न रहेपनि सरकारले वजेटमा कृषिलाई प्राथमिकतामा राख्न नसकेको औंल्याए । उनले कृषि क्षेत्रमा कूल वजेटको कम्तीमा १० प्रतिशत वजेट विनियोजन गर्नुपर्ने बताए । उनले प्रांगारिक कृषि उत्पादनलाई पर्यटनसंग जोड्न सकिने बताए ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रांगारिक कृषि उत्पादन विदेश निर्यातको समेत प्रचूर संभावना रहेकाले तीनै तहका सरकारको ध्यान जानुपर्ने उनले औंल्याए ।
डा. भुसालले हरेक सांसद र जनप्रतिनिधिले कृषिलाई प्राथमिकता दिएर आफै आत्मनिर्भर भए मात्र देश कृषिमा आत्मनिर्भर हुन सक्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले खेतीयोग्य जग्गाको प्लटिङलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताए ।
उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोललाई ‘अर्गानिक जोन’का रुपमा विकास गर्न प्रदेश सरकारले पाइलट प्रोजेक्ट शुरुवात गरेको बताए ।
अनुसार कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली प्रसार अधिकृत अनिलकुमार बानियाले प्रांगारिक खेती प्रवद्र्धनका लागि उद्यमशील टोलका किसानलाई सरकारले आर्थिक र प्राविधक सहयोग गरेको बताए ।
जसअनुसार कृषि ज्ञान केन्द्रको सहयोगमा अर्गानिक तरकारी उत्पादनमा ३० घर तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा धानखेतमा हांस पालनमा २६ घर र धान खेतमा माछा पालनमा ८ घर किसान छनोट भएका जानकारी दिए । टोललाई अर्गानिक उत्पादनको हब बनाउन इन्नोभसन कृषि फार्मले स्रोत केन्द्रको रुपमा सहजिकरण गरिरहेको फार्मकी सञ्चालक विष्णु भुसालले बताइन् । अर्गानिक कृषिलाई पर्यटनसंग जोडेर होमस्टे सञ्चालन, फिशिङ, फुड फेस्टिबल लगायतका गतिविधि सञ्चालन गर्ने योजना रहेको भुसालले बताइन् ।
कार्यक्रममा नमूना कृषि उद्यमी रामबहादुर पुन र दिलबहादुर विश्वकर्मालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा वडा सदस्य बालकृष्ण लम्साल,उजिरसिंह जीसी,सरगम विक पौडेल लगायतले मल, बिउ, सिंचाई र प्रविधिमा सरकारको सहयोग र प्रोत्साहन भएमा किसानहरु उत्पादन बढाउन तयार भई कृषिमा आत्मनिर्भर हुन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?