ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल सुरु ,आयोजक एभरेष्टको विजयी शुरुवात

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट बुटवलमा सुरु भएको छ । जुनियर छात्रा खेलाडीहरुलाई प्लटफर्म दिने रुपमा एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा प्रतियोगिताको पहिलो दिन १० वटा खेलहरु भएका छन् ।
बिहीबार भएको उद्घाटन खेलमा आयोजक एभरेष्ट माविले सगरमाथा माविलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । वेष्ट अफ थ्रिमा खेलाईको खेलको पहिलो सेट एभरेष्टले २५–२ अंकले र दोस्रो सेट २५–५ को अंकले सगरमाथालाई पराजित गरेको हो ।
यसैगरि खेलमा विहिबार नै भएको लिग खेलमा काभ्रे जिल्ला भलिवल संघलाई आयोजक एभरेष्ट मावि, सुदुरपश्चमाञ्चल एकेडेमि कैलालीले रुद्रपुर पिसल्याण्ड भूपु सैनिक रुपन्देही, जानकी माध्यमिक विद्यालय चितवनले सगरमाथा मावि, थ्रीस्टार एकेडेमी काठमाण्डौले वीसडम एकेडेमी कञ्चनपुरलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन । सिद्धमावि दाङले नवज्योति मावि रुपन्देही र ज्ञानज्योति मावि बाँकेले प्यारामाउण्ट मावि काठमाण्डौलाई पराजित गरेका छन् । यस्तै न्यू डायमण्ड एकेडेमी काठमाण्डौ र टप्स मावि कास्कीले वाक ओभर पाएर विजयी भएका छन् । प्रतियोगिता अन्तरगत विहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका तथा दोस्रो चरणका खेलहरुमा शुक्रबार प्रि क्वाटर फाईनल र क्वाटर फाईनलका खेलहरु हुने प्रतियोगिता संयोजक अर्जन घिमिरेले बताए ।
प्रतियोगिताको एक कार्यक्रमको बिच उद्घाटन गर्दै नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन सरण शर्माले भलिवल खेल नेपालको राष्ट्रिय खेल भएपनि त्यसको विकासमा सरकार उदार नदेखिएको बताए । तीन तहकै सरकारले खेलक्षेत्रको दीर्घकालिन योजनासहित विकासको खाका तयार गर्नुपर्ने बताए । भलिवलको विकासका लागि संघका तर्फबाट छात्रा भलिवलका लागि ५० हजार सहयोगको उनले प्रतिवद्धता समेत जनाए । एभरेष्ट मावि विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मी, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन बुटवल नगर समितिका अध्यक्ष कुलराज शर्मा, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधव आचार्य, शिक्षक माधव पौडेलले भलिवलको विकासमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । कार्तिक १७ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?