© २०२३
पाल्पा जिल्लाका विभिन्न स्थानमा रहेका खानीहरूबाट रूपन्देही र नवलपरासी जिल्लामा रहेका सिमेन्ट उद्योगमा कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परहरू संचालनमा प्रहरीले रोक लगाएको दुई दिन पछि रोकावट बन्द गरिएकोमा खुल्ला गरिएको छ ।
विहिवार साँझ जिल्ला संमन्वय समितिले वडा प्रहरी कार्यालय रामनगर बुटवललाई पत्र पठाउदै रोकिएका टिप्पीरलाई आवश्यक कागजपत्र सहित छोड्न भनेको हो ।
यसरी टिप्पर रोकिदिदाँ उद्योगी व्यवसायमा असर पर्ने भएपछि छोड््न आग्रह गरिएको र पुन प्रहरीले आवश्यक ठानेको अवस्थामा सम्पर्कमा आउन आग्रह गरिएको जिल्ला समन्वय ्समितिका समन्वय अधिकारी हरिप्रसाद ज्ञवालील्े जानकारी दिए ।
बर्षोदेखि ढुवानीको कार्य गर्दै आएका टिप्परहरूले पछिल्लो समयमा सामान उठाएको खानीको भ्याट बिल नबोकेको भन्दै प्रहरीले अवरोध गरेको केही दिन देखि अवरोध गर्दै आएको थियो ।
बुटवलमा बुधवारदेखि यसरी सिमेन्ट उद्योगको लागि चाहिने कच्चापदार्थ बोक्दै आएका टिप्परलाई विना कारण नै प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको मुख्य राजमार्गमा नै सामान लोड गरिएका टिप्परलाई माथिको आदेश भन्दै वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा लिएको हो । जसको कारण अहिले राजमार्गको छेउछाउमा सयौंको संख्यामा टिप्परहरू लोड सहित लाईन लागेका छन् । सिमेन्ट उद्योगलाई चाहिने चुन ढुङ्गा बोकेका करिब १ सय ३० बढी टिप्परलाई सडकमै रोकिएको छ ।
रूपन्देही र नबलपरासीमा गरी ४ बटा सिमेन्ट उद्योगमा उत्पादनमा समस्या देखिने निश्चित भएको छ । नवलपरासीमा रहेका सर्बाेत्तम सिमेन्ट उद्योग, बुटवल सिमेन्ट उद्योग, होङ्सी सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योगका साथै रूपन्देहीमा रहेका अर्घाखाँची सिमेन्ट, रिलायन्स, जगदम्बा सिमेन्ट उद्योगमा कच्चा पदार्थको अभावको कारण बन्द हुने अवस्थामा पुगेका थिर्ए । ।
विगत १० बर्षदेखि नियमित चुनढंगा बोक्दै आएका ढुवानी ब्यवसायीलाई प्रभाबमा पार्न प्रहरीले टिप्पर रोकेर दुःख दिएको ब्यबसायी चन्द्रमणी अधिकारी (रामु) ले बताए । उनले भने–‘हाम्रो काम भनेको सामान पुराउने हो सिमेन्ट उद्योग र खानी उत्खनन् क्षेत्र एउटै हुने भएकाले हामीले सामान पुराईदिने मात्र काम भएको छ ।’ अर्का ढुवानी व्यवसायी तोया लम्सालले भरीया मात्र भएका टिप्परहरूलाई प्रहरीले बेला बेलामा अनावश्यक रूपमा दुःख दिने गरेको छ । सोही अनुसार अहिले पनि प्रहरले विना कारण विभिन्न वाहना बनाएर अवरोध गरेको हो ।
पाल्पा जिल्लामा लैजाने नवलपरासीमा बुटवलको प्रहरीलाई किन समस्या हाम्रा गाडीको बाटो इजाजत कर तिरेको प्रतिलिपी बिलबुक सबै कागजपत्र हँुदा समेत प्रहरीले दुःख दिन टिप्पर रोकेर समस्या सृजना गरेको व्यवसायी लम्सालको आरोप रहेको छ ।
उनले भने–‘टिप्परले बोकेबापत हामीले राज्यलाई भ्याट तिर्दै आएका छौ, प्रहरीले बिना कारण टिप्पर रोकेर ब्यबसायीलाई दुःख दिने गरेको छ ।’ कागजमा समस्या छ भनेर प्रहरीले दुःख दिएको भन्दै ब्यबसायी रामु अधिकारीले १० बर्ष देखि यही सडकमा टिपर चलाउँदा केही नहुने अहिले कागज पुगेन भनेर टिप्पर रोकेर प्रहरीले आफ्नो चरित्र देखाएको व्यवसायीहरूको आरोप रहेको छ । ‘यदि गलत छ भने हामीलाई हैन उद्योगलाई सुचना दिनुपर्ने, हामीले सडकमा गाडी गुडाउने थिएन तर सामान बोकेर आएका गाडी रोकिँदा उद्योगमा उत्पादन समेत रोकीएको छ,’ –व्यवसायी अरविन्द्र पाण्डले भने । यता वडा प्रहरी कार्यालय बुटवलका प्रमुख हेम केसीले टिप्परले आवश्यक कागजपत्र नबोकेकाले रोकीएको भन्दै यसको चाँडै समाधान खोजिने बताए । यस क्षेत्रमा पाल्पाबाट रूपन्देही र नवलपरासीमा चुनढुङ्गा ढुवानी गर्ने ४ सय टिप्पर सञ्चालनमा छन् । ४ सय चालक, ४ सय हेल्फर, ढुवानी कम्पनी ५२, त्यसमा कार्यरत १ सय ५० बढी कर्मचारी रहेका छन् । à