© २०२३
रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवल विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । नहरपुर मावि खेलमैदानमा बुधबार भएको निक्कै प्रतिस्प्रर्धात्मक क्वाटरफाईनल खेलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज युनाईटेड, बुटवल अन्तिम चारमा स्थान पक्का गरेको हो ।
गोर्खाको जितमा खेलको ७३ औ मिनेटमा एकमात्र गोल नानाले गोल गरेका थिए । दिपेशजंग थापाको क्रसमा नानाले उत्कृष्ट गोल गर्दै खेलमा जित निकालेका थिए ।
खेलमा गोर्खाका निशान्त न्यौपाने म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगिताको आज सेभेन स्टार बेलभरिया र आयोजक माउण्ट स्टार क्लबका बिचमा खेल हुने संयोजक बिनोद गौतम क्षेत्रीले बताए । प्रतियोगितामा उपाधि विजेतालाई नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सेमीफाईनल पुग्ने दुई टिमलाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा उपाधिका लागि काठमाडौं, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रूपन्देही १६ वटा टिमले भाग लिएका छन ।