ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

परिवारबाटै पीडा

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

वैदेशिक रोजगारीमा खाडी गएका श्रीमानको उतै मृत्यु भएपछि रोल्पा नगरपालिका–१ की शान्ति घरबाट निकालिईन् । “पोइखाने अलच्छिनी” को आरोपमा ८ वर्ष सम्हालेको घर अब उनको लागि पराई हुन पुग्यो ।
श्रीमानको मृत्यु भएपनि सासु ससुराको मुख हेरेर बाँकी जीवन जिउने उनको ईच्छा पुरा हुन पाएन । ६ वर्षिया छोरी च्यापेर कानूनी लडाइँका लागी अदालत धाईन् । जिल्ला अदालत र पुनरावेदन अदालतले अंश पाउने गरि न्याय दिए पनि परिवारले भने अहिले सम्म सम्पत्ती त के घरमा बस्न समेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिएपछि विरक्तीएर उनी अहिले छोरीसँगै अर्काको घरमा बस्दै आएकी छिन् ।
ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु भएपछि रोल्पा कोटगाउँकी निरा दिन रात घरेलु हिंसाको शिकार भइन् । श्रीमान छँदै सासु ससुरासँग छुट्टीएर बसेको उनको परिवारमा एक छोरी समेत थिइन् । श्रीमानको मृत्युपछि दुर्घटना बीमा वापत आएको रकम समेत उनले वुझ्न पाईनन । दुःखजिलो गरेर जोडेका भाँडाकुँडा लत्ता कपडा समेत घरबाट निकालेर लगेपछि उनलाई घरमा वस्न सक्ने अवस्था भएन । न्यायका लागि सदरमुकाम धाईन । एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडौंको एक गार्मेन्टमा काम गर्छिन । एक छोरीसँग साथमै रहेकी उनी श्रीमानको मृत्युपछि जन्म दिने माईती घर र कर्म सिकाउने घर छाडेर धेरै टाढा बस्न बाध्य छिन् । मादक पदार्थ सेवन गर्ने श्रीमानको दिनानुदिनको हिंसा सहन नसकी रोल्पा भावाङकी अञ्जु श्रीमानसँग छोडपत्र गरि एक्लै बस्दै आइरहेकी थिइन् । अत्यधिक मादक पदार्थ सेवनका कारण श्रीमानको मृत्यु भएपछि उनी सामाजिक हिंसामा पर्न थालिन् ।
उनको बारेमा छिमेकीले नानाथरि कुरा गर्न थाले । घरेलु हिंसाबाट मुक्त भएकी उनी सामाजिक हिंसाको चपेटामा पर्न थालेपछि गाउँमा बस्न नसक्ने अवस्था आयो । जिल्ला सदरमुकाम लिवाङमा घरेलु कामदारको रुपमा रहेकी खत्री रोल्पाका हिंसा पिडित महिलाहहरूको अर्की प्रतिनिधि पात्र हुन ।
विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरू घरेलु हिंसा र सामाजिक हिंसाको दोहोरो चपेटामा छन । श्रीमानको मृत्यु पछि उनीहरू नारकीय जीवन जिउन वाध्य हुने गरेका छन । दश वर्ष लामो सशस्त्र द्धन्दमा देशमै सवभन्दा धेरै मानवीय क्षति भएको रोल्पामा धेरै महिलाहरू एकल जीवन विताई रहेका छन । पछिल्ला दिनमा रोजगारीका लागि खाडी जाने रोल्पालीको संख्यामा भएको वृद्धि संगै मृत्यु हुनेको संख्या समेत वढ्दै गएको छ । गरिवीका कारण विदेश जान वाध्य उनीहरू असुरक्षित र जोखिमपूर्ण काम गर्न वाध्य हुदै आएका छन । असुरक्षित र जोखिमपूर्ण कामका कारण वर्षेनी सयौंको संख्याका रोल्पाली लास वनेर फर्किने गरेका छन । फलस्वरूप जिल्लामा एकल हुने महिलाको संख्या समेत वढ्दै गएको छ । एकातिर श्रीमान गुमाएको पिडा अर्कातिर घरेलु हिंसाको यातनाले यहाँका एकल महिलाहरूलाई महिला अधिकार र मानव अधिकार आकाशको फल आँखा तरि मर भएको छ ।
आफ्ना श्रीमानहरूले विभिन्न समयमा भएका आन्दोलनमा वलिदानी दिए पनि परिवर्तन पछि भने आफुहरूलाई राज्यले सम्मान गर्न नसकेको आन्दोलनमा श्रीमान गुमाएका एकल महिलाहरूले गुनासो गरेका छन । श्रीमानको मृत्यु पछि अधिकांश एकल महिलाहरूले नारकिय जीवन जीउन वाध्य छन मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले भनिन । आफुहरू पिडित एकल महिलाहरूको अधिकारका लागि वकालत गरिरहेको आचार्यको भनाई छ । श्रीमतीको मृत्यु पछि दोस्रो विवाह गर्ने पुरुषहरूले राज्यवाट उपलव्ध हुने राहात लिईरहेको भए पनि दोश्रो विवाह गर्ने एकल महिलालाई भने दोश्रो विवाह गर्ने वित्तिकै राज्यले दिने राहात कटौती हुने गरेको प्रति आचार्यको असन्तुष्टी रहेको छ ।
हिंसा पिडित महिलाहरूका लागी अल्पकालिन आश्रय स्थल मार्फत सहयोग गरिरहेको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष तीर्था आचार्यले जानकारी दिईन । घरवाट निकालिएका त्यस्ता महिलाहरूसंग खाने, वस्ने तथा कानूनी उपचार गर्ने खर्चको अभाव हुने भएकाले आफ्नो संस्थाले अल्पकालिन रूपमा निशुल्क आश्रय र खानाको व्यवस्था गरिरहेको आचार्यले जानकारी दिईन । हालसम्म १ सय ५० वढी त्यस्ता महिला र बालवालिकाहरूले उक्र सेवा लिईसकेका छन कोषाध्यक्ष आचार्यले भनिन् । नियमित श्रोतको अभावमा दाताको भर पर्दा सेवा निरन्तरतामा समस्या हुदै आएको आचार्यले जानकारी दिईन । हाल जिल्लामा संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषको आर्थिक सहयोगमा हिंसा पिडित महिलाहरूका लागि अल्पकालिन आश्रयको सुविधा दिने गरिएको वताइएको छ ।
घरको मुख्य मान्छेको मृत्यु पछि एकल महिलाहरूमा पारिवारिक जिम्मेवारीको वोझ थपिएको वेला घरेलु हिंसाले उनीहरूको जीवन थप कष्टकर वन्ने गरेको छ । यस्ता महिलाहरू घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलको भाडा माझ्ने तथा गिट्टी फोरेर दैनिकी चलाउन वाध्य हुने गरेको पाईएको छ ।
२०५२ साल फागुन देखी तत्कालिन विद्रोही माओवादीले संचालन गरेको सशस्त्र युद्धमा राज्य र विद्रोही पक्षवाट श्रीमान गुमाएका महिलाको संख्या जिल्लामा ३२३ जना रहेको छ । यसैगरि अन्य कारणले श्रीमान गुमाएका महिलाको संख्या जिल्लामा ६ हजार ५ सय भन्दा वढी रहेको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?