ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

‘कृषि क्षेत्रको लगानीले आर्थिक स्तर सुदृढ : मुख्यमन्त्री’

९ कार्तिक २०७५, शुक्रबार
९ कार्तिक २०७५, शुक्रबार

प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले व्यापार व्यवसायबाट आएको आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्न सके समाजको आर्थिक स्तर सुदृढ हुने बताएका छन् ।
रूपन्देहीको सैनामैना व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देश एकात्मक राज्य व्यवस्थाबाट संघीय व्यवस्थामा जाँदा थुप्रै चुनौतिहरूको सामना गर्नु परेको बताए ।
देश बलियो भएमात्र जनताको आर्थिक स्तरबृद्धि हुने बताउँदै मन्त्री पोखरेलले सामाजिक संघ–संस्थाको सहयोग र सहभागिताका साथमा साझा विकासका एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने जिकिर गरे । मन्त्री पोखरेलले पछिल्लो तीन महिनामा प्रदेश सरकारले परिणाममुखी काम गर्न नसकेपनि प्रयास भैरहेको र यसको गुणात्मक परिणाम जनताले छिट्टै महसुस गर्न पाउने दाबी गरे ।
मेला उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मेला महोत्सवले कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि आफ्नो सहयोग र पहल निरन्तर रहने बताए । त्यसैगरी प्रदेश सभा सदस्य फकरुद्दिन खाँले स्थानीय व्यापार मेलाहरूलाई अवसरका रूपमा लिएर यसबाट हुने फाइदा सबै वर्गले लिन सक्ने बतावरण बनाउनु पर्ने बताए ।
त्यस्तै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले मेला महोत्सवहरूमा स्थानीय मौलिक र पौरख देखाउने खालका स्टलहरूको समावेश गरेर मात्र मेला सञ्चालन गर्ने बताए । कार्यक्रममा नेकपा जिल्ला प्रतिनिधि निर्मल जि.सी., तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली कांग्रेश जिल्ला उप सभापति फणिन्द्र प्रसाद शर्मा, संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक कुमार चालिसे महासचिब देवराज पौडेल लगायतले मेला महोत्सवले कृषकहरूलाई प्रोत्साहन गर्ने बताएका थिए । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मूल नाराका साथमा सुरु भएको महोत्सव कार्तिक १८ गते सम्म सञ्चालन हुने महोत्सवका संयोजक जीवनाथ पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?