© २०२३
सल्यान : सल्यानकी पुष्पा भण्डारीले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै बंगलादेशमा आयोजना भएको म्याराथनमा प्रथम भएकी छिन् । शुक्रबार ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी हुन् । विद्यालयमा दौड प्रतियोगीतामा भाग लिएर खेल क्षेत्रमा अनवरत रुपमा लागेकी खेलाडी हुन् ।
पुृृष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।
पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानी राखेकी थिइन् ।
शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकि पुष्पाले खेलको सुरुवात सल्यानको कपुरकोटबाट गरेकी थिइन् । २०६३ सालमा नेरामावि किमुचौर ( कपुरकोट ४ सल्यान) मा दौड प्रतियोगीतामा भाग लिएकि उनलें । २०६८ मा आयोजना गरिएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ वर्षको उमेरमा दौडिएर दोश्रो भएकि थिइन् । १२ औँ साउथ एशियन खेलकुदमा पनि भाग लिइन् । तर त्यतिखेर विरामी अवस्थाकी उनी दौड्दा दौड्दै वेहोस भइन् । उक्त प्रतियोगीतामा असफल भएपछि उनी सल्यान फर्किएर पढाईतिर नै बढी ब्यस्त भइन् । पुष्पाले भनिन्, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा अरु खेलाडिहरु अग्ला अग्ला हुन्थे, मं होची भएकाले खेल खेल्न सक्दैन जस्तो लाग्थ्यो ।’ तर उनलाई आफ्ना गुरुले हौसला प्रदान गरे ।
२०६९ मा आयोजना गरिएको लुम्बिनी च्याम्पियनसिपमा पुष्पा पहिलो भइन् । त्यस पछि २०७० सालदेखी शशस्त्र प्रहरी क्लवमा करारमा आवद्ध भईन् । क्लव भित्र राम्रो प्रशिक्षण पाइरहेकी उनी २०७५ जेठ देखी शशस्त्र प्रहरी क्लवमा स्थायी रुपमा आवद्ध छिन् । पुष्पाको विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य छ ।
सल्यान स्थित त्रिज मावि मालनेटामा अध्ययन गरेकी पुष्पालाई घरबाट विद्यालय पुग्न एक घण्टा बढि लाग्थ्यो । विद्यालय टाढा भएका कारण कहिलेकाहीँ घरबाट निस्कन ढिला भयो भने दौडेर जाने गर्थिन । उनले भनिन्, ‘विद्यालय जान एक घण्टा लाथ्यो, ढिला हुँदा दौडिएर आधा घण्टामै पुग्थेँ । त्यतिखेरदेखी नै दौडन बानी पर्याे ।’
ढाका म्याराथनमा स्वर्ण जित्दै पुष्पाले बंगलादेशी मुद्रा पाँच लाख टाका पुरस्कार पाएकी छन् । गएको कार्तिक महिनामा नवौं राष्ट्रिय खेलकुदमा उनलाई चोट लागेको थियो । चोट सुधार भएपछि उनी म्याराथनमा प्रथम हुन सफल भएकि हुन् ।