© २०२३
ईलाका प्रहरी कार्यालय बुटवलले नक्कली सुन देखाई रकÞम लुट्ने दुई जनालाई पक्राउ गरेको छ । गएको सोमबार बेलुका बुटबल फूलबारी गेट नजिकै जिल्ला रूकुम घर भई दा· तुलसीपुर बस्ने नरहरि घर्तिलाई नक्कली सुनलाई सक्कली भनी रू. २१ लाख २५ हजार लुट्ने २ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले बताए । प्रहरीले देबदह नगरपालिका १० रम्बादेबी टोल बस्ने राज सुर्यवंशी र जिल्ला नवलपरासी नन्दन गाउँपालीका–६ बस्ने समीर भन्ने अब्दुल पखियालाई पक्राउ गरिएको हो । उनीहरूबाट १२ लाख नगद, एक थान नक्कली सुन, मोबाईल २ थान फेला परेको प्रहरी उपरीक्षक थापाले बताए । लुटीएको पैसा चर·े जंगलमा गाडेको अवस्थामा फेला पारेको हो ।
त्यस्तै एक १६ बर्षिय बालिकालाई ललाई फकाई जबर जस्ती करणी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चर·े घर भई मजदुर गर्दै आएकी ती बालिकालाई शिबनगर सामुदायिक वनमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले देबदह नगरपालिका–१० बस्ने उदय थापा, बुटवल उपमहानगरपालीका–७ बस्ने कृष्ण थापालाई जबरजस्ति करणी मुद्दा दायर गरी अनुसन्धान भइरहेको इलाकÞा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बताए । बालिका सामान्य उपचारपछि घर फर्किएको र अन्य घटनामा संलग्नको थप अनुसन्धान तथा खोजतलास भैरहेको प्रमुख मल्लले बताए ।
हाँसको चल्ला नष्ट
लुम्बिनी, २४ असोज–नेपाल भारतको खुला सिमानाको मौका छोपी चोरी पैठारी मार्फत नेपाल भित्रयाइएको पाँच हजार अबैध भारतीय हाँसको चल्ला रूपन्देहीमा प्रहरीले नष्ट पारेको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार कालीदह सीमानाकाको चोरबाटो प्रयोग गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवा स्थित निषार पोल्टी फार्ममा लुकाई राखिएको अवस्थामा प्रहरीले छापा मारी बरामद पश्चात नष्ट पारिएको हो । प्रहरीले लुम्बिनी क्षेत्रमा बिशेष सुराकीको आधारमा पहिलो पटक साढेसात लाख मूल्य बराबरको पाँचहजार हाँसको चल्ला भारी मात्रामा बरामद गरि तस्करी नियन्त्रणमा ठूलो सफलता पाएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।
प्रहरीले बिहीबार बिहान ४ बजे सो पोल्टी फार्ममा घेरा हाल्दा भारी मात्रामा हाँसको चल्ला सहित एक ब्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई बरामद गरिएका चल्लालाई पशु क्वारेनटाईन चेकपोष्ट बेलहियाका पशुचिकित्सक डा.सुक बहादुर नेपाली, लुम्बिनी साँस्कृतिक नगरपालिकाका पशुबिकास अधिकृत डा. सुमन खनाल र लुम्बिनी साँस्कृतिक नगरपालिका बोर्ड समिती सदस्य रुबिना खातुन लगायतको रोहबरमा नष्ट पारिएको प्रहरीले जनाएको छ । à