© २०२३
प्रहरीको मिलोमतोमा जिल्ला स्थित गिट्टी र बालुवा खानीमा तस्करको मनोमानी बढेको छ । चुरे क्षेत्रका खोला नालामा निकासी नखुलेको अवस्थामा अहिले जिल्ला भरिका तस्करको ध्यान खानीमा परेको हो । सुस्ता र प्रतापपुर गाउँपालिकामा फैलिएको अर्बाै मूल्य बराबरको गिट्टी खानीमा दैनिक दर्जन बढि टेक्टर र ट्रकले गिट्टी र बालुवा चोरी तस्करी हुने गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीको मिलोमतोमा खानीबाट तस्करी हुने गरेको छ ।
एक हजार विघामा फैलिएको गिट्टी र बालुवा खानीको उत्खनन र संरक्षण प्रति सरकारी निकाय मौन हुँदा तस्करको राज भएको छ । गण्डक सम्झौता पूर्व नारायणी नदीले धार परिवर्तन गर्दा उतm क्षेत्रमा डेढ मिटर उचाईको गिट्टी र बालुवा भण्डार भएको छ । अहिले सम्झौता पछि नदीमा बि गैप बाँध बने पछि सो क्षेत्र खानीको रूपमा परिणत भएको छ । २०७० सालमा तत्कालिन जिविसले सो क्षेत्रमा २० अर्ब बराबरको गिट्टी बालुवा भण्डार रहेको अवस्था जानकारी गराएको थियो । एक हजार विघामा डेढ मिटर गहिराईको गिट्टी र बालुवा थन्किएको छ ।
यसरी ती गिट्टी बालुवा अनुमानित १ करोड १ लाख ५८ हजार ९ सय ४५ घनमिटर रहेको छ । यसरी एक टालीमा २ दशमलव ५ घनमिटरको हिसाबले ४ लाख ६३ हजार ५ सय ७८ टाली खानीमा गिट्टि र बालुवा रहेको देखिन्छ । प्रति टाली बजार मुल्य ५ हजार मुल्य रहेको हँुदा पुरै खानीको अनुमानित मुल्य २० अर्ब ३१ करोड ७८ लाख ९० रुपियाँ बराबरको खानी प्रति संरक्षण गर्ने निकाय संरक्षण गर्न तर्फ ध्यान दिएको देखिदैन् । उल्टै स्थानिय प्रहरी चौकी र इलाका प्रहरी कार्यालयलाई प्रभावमा पारी चोरी तस्करी हुने गरेको छ । स्थानिय तह पनि त्यस प्रति बेखबर छ । आफ्नै कार्यकर्ताहरू चोरी तस्करीमा लागेका कारण जनप्रतिनिधिहरू थाहा नपाएको जस्तै गरिरहेका छन् ।
तस्करीबारे स्थानियको गुनासो र जनआक्रोस बढे पछि पुगको प्रहरी टोलीले खानी क्षेत्रबाट ७ वटा टेक्टर भेटायो,तर ति टेक्टरलाई पक्राउ गरि अनुसंधान गर्नु भन्दा फिर्ता पठाईदियो । खानी क्षेत्रमा आएको टेक्टर खाली देखिएको हुँदा सो टेक्टर स्थानिय वार्ड अध्यक्षको जिम्मा लगाइएको प्रतिकृया बेलाटारी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकले दिए । खानीमा चोरी तस्करी हुने गरेको स्वीकार गर्दै प्रहरी निरिक्षकले प्रहरी टोली पठाउँदा टेक्टर खाली गरेर भाग्ने गरेको गैर जिम्मेवारी प्रतिकृया दिएका थिए ।
खानीबाट प्रहरीलाई प्रभावमा पारी चोरी तस्करी हुने गरेको छ । सो खानीबाट झिकिएको गिट्टी बालुवा भारतिय बजार बहुवारसम्म जाने गरेको छ । अहिले नेपालमै चुरेका खोलाको निकासी बन्द रहेको अवस्थामा खानीबाट चोरी बढेको स्थानियले बताएका छन् । संरक्षणको जिम्मेवारी पाएको गाउँपालिकाका जनप्रतिनिधि समेत संलग्नता हुने हुने आरोप स्थानियबासीको रहेको छ । प्रति टेक्टर १ हजारको दरले प्रहरी खाजस्व लिएर छाडे पछि करोडौको राजस्व गुम्ने गरेको आरोप स्थानियबासीको रहेको छ । खानीमा जथाभावी चोरी तस्करी हुँदा नजिकै रहेका छाडन भन्ने जलासयका गोहीहरू समेत प्रभावित हुने गरेका छन् । जैविक विविधतालाई हानी पु¥याउने गरी हुने गरेको चोरी तस्करीले राजस्व गुमाउने अवस्था छ । खानीमा भइरहेको मनोमानी चोरी तस्करीबारे सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफूलाई जानकारी नभएको सो बारे बुझ्ने प्रतिकृया दिए ।
photo:नवलपरासीको सुस्ता गाउँपालिका नर्सहीस्थित खानी क्षेत्रमा झिकेर राखिएको मिस्कट ।