© २०२३
बुटवल-
लुम्बिनी प्रदेशस्तरीय दोस्रो ‘सि’ लेभल तथा खुल्ला भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता को उपाधि राजेन्द्र र सुमनको समुह र भेट्रान्सतर्फ विरेन्द्र र अर्जुनको समुहले जितेका छन् ।
सि लेवलतर्फ राजेन्द्र कार्की र सुमन पुन सैनामैनाको समुह प्रथम भएको हो । यस्तै द्धितियमा सैनामैनाकै राजेन्द्र मल्ल र अरुण मानन्धरको टिम भए भने तृतिय स्थानमा रिडी गुल्मीका सुरज थापा र सुजल रायमाझीको समुहले चित्त बुझाए । यस्तै एम.बी राना र चुत्र बहादुर थापाको समुहले चौथो स्थान प्राप्त गरेका हुन ।
खुल्ला भेट्रान्सतर्फ विरेन्द्र सिंह विष्ट र अर्जुन कार्कीको समुहले प्रथम स्थान प्राप्त गरेको हो । यस्तै द्धितिय स्थानमा बर्दघाटका बेल बहादुर छन्त्याल र करन बिकको समुह विजयी भएको छ ।
यस्तै तृतिय स्थानमा प्रकाश कुमार डाँगी र धनीमन रोका दांगको समुह विजयी भएको हो । यस्तै तृतिय स्थानमा रुपन्देहीका मसन्त घर्तीथापा र पुरन राना को समुह भ एभने जिगढीका मिन श्रीस र दिनेश थापाको समुह चौथो स्थानमा रहेका हुन । युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा प्रतियोगीता भएको हो । आईतबार साझा सकीएको प्रतियोगीतामा विजयी सम्पूर्ण समुहलाई पुरस्कार वितरण गरिएको छ । तिलोत्तमा नगरपालिकाको बुटवल वाटरपार्कको कवर्ड हलमा प्रतियोगीता भएको हो ।