© २०२३
बुटवल, पुस – थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजानमा दर्बाहामा माघे शंक्राीनतको अवसरमा दुई दिने माघी मेला गरिएको छ । मेलाको दोस्रो दिन आईतबार मुल कार्यक्रम आयोजना गरिएको छ । सम्बोधन गर्दै थारु कल्णणकारी राष्ट्रिय सभा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभासदस्य देवी प्रसाद चौधरीले थारु पहिचानको लागि एकता आवश्यक रहेको बताए । उनले साँस्कृतीक पर्वकोरुपमा रहेको माघीलाई राष्ट्रिय पर्वको स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद निर्मलादेवी चौधरीले थारु पहिचानको लागि आ.आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले थारु समुदायको महान पर्वलाई विगत लामो समय देखि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । नले आगामी दिनमा पनि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । निर्वतनमा प्रदेशसभा सदस्य पुष्पा थरुनी (चौधरी)ले विगत लामो समय देखि थारु पहिचानको आन्दोलन जारी रहेको भन्दै यसलाई सबैले निरन्तरता दिनुपर्ने बताईन । वडा अध्यक्ष चन्द्रभान चौधरी, जिल्ला सभापती सतिष चौधरी, सचिव सरिता चौधरी, भगवती चौधरी लगायतले मन्तव्य राखेका थिए ।
दुई दिन सम्म चलेको माघी महोत्सवमा विभिन्न साँस्कृतीक कार्यक्रम सहित खेलकुद कायृक्रम समेत अयोजना गरिएको थारु कल्णकारी सभा शुद्धोधन गाउँपालिका अध्यक्ष पल्टन चौधरीले जानकारी दिए । महत्सवमा थारु परिकार सहित विभिन्न साँस्कृतिक कार्यक्रम, भेषभुषा समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गायक तथा गायिकाहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।