© २०२३
नवलपरासी, ३० पुस । भारतबाट अवैध रुपमा भित्राएर भण्डारण गरी राखिएको ८ सय ४१ क्वीन्टल चिनि पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ । शुक्रबार राति रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा ६३ लाख बराबरको चिनि बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
विशेष सुचनाको आधारमा राजस्व अनुसन्धान कार्यायल बुटवलको टोली सहित सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले छापा मारेर उक्त चिनि बरामद गरेको हो । ठुलो मात्रामा बरामद भएको चिनीको विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा राखिएको छ । भारतसंग खुल्ला सिमाना रहेको नवलपरासीबाट पछिल्लो समय तस्करी बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले दैनिकजसो भन्सार छलेर भित्राइएको सामान नियन्त्रणमा लिदै आएको छ । तस्करी नियन्त्रणमा भुमिका खेल्न नसकेको भन्दै सशस्त्र र जनपथ प्रहरीका प्रहरी उपरिक्षकलाई केहि दिन अगाडी केन्द्रमा तानिएको छ ।