ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

तिलोत्तमा मेयर कप क्रिकेट २०७९, वडा नं १ लाई मेयर कपको उपाधी

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

बुटवल,  पुस
तिलोत्तमामा सम्पन्न तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ को उपाधि वडा नं १ चुमेको छ । विहिबार भएको फाईनल खेलमा वडा नं ४ लाई ७ विकेटले पराजित गर्दै वडा नं १ उपाधि चुमेको हो । उपाधिसंगै वडा नं १ का खेलाडीहरुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं ४ का खेलाडीहरु भने नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा वडा नं २ का महेन्द्र सुवेदी क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार, कपबाट पुरस्कृत भए । क्षेत्री उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदै थप ५ हजार रुपैया, कप तथा वडा नं ४ का बिरेन प्रकाश मगर उत्कृष्ट बलर घोषित हुँदै नगद ५ हजार रुपैया, कपबाट पुरस्कृत भए ।
एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, वडा नं १ का वडाअध्यक्ष फर्सुराम गिरि, वडा नं २ का वडाअध्यक्ष दिल बहादुर भट्टराई, ३ का वडाअध्यक्ष कल्याण पौडेल, वडा नं ४ वडाअध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं ६ का वडाअध्यक्ष गणेश पाठकले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले वडामा रहेका युवा खेलाडीहरुलाई प्रतियोगिताबाट प्लेटफर्म मिल्ने बताए । नगरका खेलाडीहरुमा खेलभावना र प्रतिस्पर्धासंगै भाईचारा, अपनत्व बढाई संगठित बनाउन खेल प्रतियोगिता सहयोगसिद्घ हुने उनले बताए । यसबाट समाज विकासमा योगदान मिल्ने उनले दाबी गरे । सिमित साधनश्रोतबाट प्रतियोगिता गर्दा केही कठिनाईहरु हुने भएपनि मुलमर्मलाई भुल्न नहुने बताए । नगरमा भौतिक पुर्वाधारसंगै सामाजिक विकासलाई समानान्तर लैजान जरुरी रहेको उनले बताए । नगरमा रहेका धेरै क्लबहरु र संघसंस्थाहरुले सार्वजनिक जग्गा संरक्षणसंगै मनोरञ्जन र खेल पुर्वाधार विकास भएको उनले बताए ।
तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेल मैदानमा भएको फाईनल खेलमा वडा नं ४ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ५९ रनको लक्ष्य खडा गरेको थियो । वडा नं ४ का अजय थापाले ५२ बलमा २८ बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न तिलोत्तमा वडा नं १ का विपिन भट्टराई र गणेश गुरुङले समान ३–३ विकेट लिएका थिए । कम स्कोर पछ्याएको वडा नं १ ले १८.५ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । उसका लागि प्रवेश सारुले ४५ बलमा २४ र युवराज सेनले ३० बलमा १६ रन बनाएका थिए । वडा नं ४ का सुलभ ढुगानाले २ तथा सुजन न्यौपानेले १ विकेट लिएका थिए । खेलमा वडा नं १ का विपिन भट्टराई म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका सदस्य श्रीराम नेपाली, नवजिवन क्लबका अध्यक्ष गोबिन्द भुषाल, सचिव सागर पाठक, नवजिवन क्लबका सल्लाहकार दिवाकर ढकालले खेल जितसंगै स्वस्थ्य नागरिक उत्पादन गर्ने लक्ष्यका साथ आयोजना हुने हुदा यसमा स्थानिय सरकारको लगानी र प्रोत्साहन सधै जरुरी रहने बताए । नगरमा रहेका क्लबहरुलाई पुर्वाधार विकास र प्रतियोगिता संचालन गर्न बजेट बिनियोजन गर्दै आएको उनले बताए । कार्यक्रम संयोजक प्रकाश न्यौपानेले स्थानिय सरकारसंग सहकार्य गरि खेलकुद विकासमा संस्थागत पहल थालेको बताए । नौ दिनसम्म संचालन भएको १४ खेलमा वडा नं १२ र १५ बाहेक १५ टिमले भाग लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?