© २०२३
छाडा पशु ब्यवस्थापन गर्न रामग्राम नगरपालिका वडा नं.८ का वडा अध्यक्ष महेन्द्र ठाकुरको प्रयासमा सञ्चालन गरिएको गौशाला ब्यवस्थापनमा विभिन्न निकायबाट सहयोग जुट्न थालेको छ ।
नगरपालिकालाई स्थानीयले पटक पटक छाडा गाई गोरु ब्यवस्थापन गर्न दबाब दिँदै आएपनि नगरपालिकाले चाासो नदेखाउँदा वडा अध्यक्ष ठाकुरले आफ्नै प्रयासमा बिहीवार देखि गौशाला सञ्चालन गरेपछि अहिले सहयोग जुट्न थालेको हो ।
वडा अध्यक्षको पहलमा गौशाला सञ्चालन भनि समाचार समेत बुटवल टुडेमा प्रकासित भए पछि गौशाला सञ्चालनका लागि अन्य सहयोगी ब्यतिmले सहयोगको घोषणा गर्न थालेका छन् ।
गौशालाका गाई गोरुलाई घाँस पात ब्यवस्थापन गर्नका लागि प्रत्येक साता रु. ५ सयका दरले उपलब्ध गराउने घोषणा नगरपालिका वडा नं. ५ का वडा सदस्य समेत रहेका पाल्ही एग्रोभेटका सञ्चालक चन्द्र प्रकाश गुप्ताले घोषणा गरे । मासिक दुई हजारका दरले गौशालालाई सहयोगको घोषणा गरेको गौशालाका उपाध्यक्ष सम्भु उपाध्यायले बताए ।
त्यसैगरि हेल्पिगँ हैण्ड र डा. जुलुम पवनदेवीको स्मृतिमा उनका छोरा प्रकाश श्रेष्ठले पनि २५ हजारसम्मको सहयोग गौशालामा गर्ने जनाएका छन् ।
गाईबस्तुलाई बस्नका लागि सेड निर्माणका लागि हेल्पि हैण्डसंग आवद्ध ब्यतिmहरूले अमेरिकामा रहेका सदस्यहरूबाट रकम संकलन गरि उपलब्ध गराउने उनको भनाई थियो । छाडा गाई गोरुले हैरान परेका परासी बजारका ब्यतिmहरूले पनि आवश्यक सहयोग गर्ने आश्वसान दिएका छन् । त्यसै गरि उबासंघका पुर्व उपाध्यक्ष समेत रहेका हाट बजार ब्यवसायि राधेश्याम अग्रहरीले गौशालाका लागि आवश्यक गाई गोरुलाई घाँस संकलन गरि पठाउने ब्यवस्थापनको खर्च ब्यहोर्न जनाएका छन् ।
वार्ड अध्यक्ष ठाकुरले शुरुमा आफ्नै करिब तिन लाख लगानी गरि शारदा गौशाला तथा पशुपंक्षि संरक्षण सस्था गठन गर्न लगाई विहिवार विश्व प्राणी दिवसको अवसर पारेर एक कार्यक्रम विच गौशाला औपचारिक रूपमा उदघाटन गराएका थिए । अहिले बजारका गाई गोरु संकलन गर्दै गौशालामा राखिदै आएका छन् । छाडा गाई गोरुले बजार अस्तब्यवस्त बनेको महशुस गरेर गौशाला संचालनमा ल्याएको जनाउदै ठाकुरले गौशालाले छाडा पशु मात्र नभई गाउँघरमा पनि वेवारिसे र पाल्न नसकिएका गाई गोरुलाई पनि गौशालामा राखेर संरक्षण गरिने योजनाका साथ गौशाला सञ्चालनमा ल्याइएको हो ।
गौशाला उद्घाटन गर्दै नगरपालिकाका निमित्त प्रमुख समेत रहेकी उपमेयर रम्भा कुवँरले पश्चिम नवलपरासीको कुनै पनि स्थानिय तहमा गौशाला नभएको अवस्थामा अहिले हाम्रो नगरपालिकामा गौशाला सञ्चालन गर्न सक्दा गौरवको कुरा भएको बताएकी थिईन् । कार्य प्रारम्भ वार्ड नं.८ बाट भए पनि यसको स्वामित्व अब नगरपालिकाले नै लिएर सञ्चालन ब्यवस्थापनमा सघाउने प्रतिवद्धता समेत जनाएकी थिईन् । बजार भरी छाडा पशुले दुर्घटना निम्त्याउने,शहर बजार फोहर बनाउने, स्थानियको बाली नाली चरिदिइने जस्ता समस्यालाई समेत यो गौशालाले न्यूनीकरण गर्नमा मद्दत पु¥याउने उनको भनाई थियो ।
उद्घाटन समारोहमा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख राममिलन विश्वकर्माले छाडा पशु छाड्दा समस्या देखिएको तर अहिले तिनै छाडा पशु ब्यवस्थापनका लागि खुलेको गौशालाले ती समस्यालाई अवसरमा बदल्ने योजना ल्याएको उनले औंल्याए । छाडा पशु समस्या हुन्, तर तिनै पशुलाई एक स्थानमा यो गौशालामा राखिएपछि त्यसबाट लाभ समेत उठान सकिन्छ । गाई गोरुको मलमुत्र संकलन गरेर त्यसबाट नगद आर्जन गर्न सकिन्छ । गोमुत्र मात्र संगलन गरे औषधीय गुण भएको ति गो मुत्रलाई बालीनालीमा जैविक विषादी र मलमा प्रयोग गर्न सकिन्छ । गो मुत्रलाई पानीमा मिसाएर स्प्रे गरे युरियाको प्रयोग बाली नालीमा गर्न पर्र्दैन् ।
गोबरलाई गोबर ग्यास प्लान्टमा हालेर बैकल्पिक उर्जामा प्रयोग गर्ने, बचेको गोबरलाइै पनि जैविक मलको रूपमा उपयोग गर्न मिल्छ । वृद्ध हुदै गाई गोरुको मृत्यु पश्चात त्यसलाई एकै स्थानमा ब्यवस्थापन गर्न सके गिद्ध,चिल जस्ता माँसाहारी पंक्षि खाने हुदा तिनीहरूको पनि संरक्षण हुने हुदा यसले इकोसिस्टममा सहयोग पु¥याउने छन् । दुई महिनाको निरन्तर प्रयास र वार्ड अध्यक्ष ठाकुरको लगतशिलताले मात्र गौशाला सञ्चालन गर्न सकिएको सस्थाका उपाध्यक्ष समेत रहेका सम्भु उपाध्यायले बताएका थिए । झरही नदी किनारमा परासी पशु हाटसंगै जोडिएको उतm गौशालामा पहिलो दिन १० वटा छाडा गाई गोरु राखिएको थियो । अहिले गौशालामा गोरुको संख्या थपिदै दुई दर्जन पुगेको छ ।
यो पनि पढ्नुहोस् ।