© २०२३
गुल्मी, पुस = गुल्मीको रेसुङ्गा विमानस्थलमा आईतबार डेमोस्ट्रेसन उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसने उडान गर्न लागेको हो ।
डेमोस्ट्रेसन उडानको लागि नेपाल नागरिक उडड्यन प्राधिकरण र तारा एयरलाइन्स बिच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भईसकेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन । उनले आईतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको बताए ।
गुल्मेली जनताको लामो प्रतिक्षापछि हवाई यात्राको सपना पुरा गर्ने महत्वपुर्ण क्षण आएको नगर प्रमुख पन्थीले बताए । उक्त जहाज काठमाडौंबाट गुल्मी आईपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ । तारा एयरले शुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्ने भएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदश्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेश सभा सदश्य धनेन्द्र बहादुर कार्कि लगायत तारा एयर र नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरु समेत आउने बताईएको छ ।
१८ सिट क्षमताको उक्त जहाज रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहने त्यसपछि पुनः काठमाडौं फर्कने भएको छ । प्राधिकरणले डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ ।