ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

लालपुर्जा माग्दै सडकमा

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

वीरेन्द्रनगर–१० सुर्खेतको ईत्रामखोला किनारमा बिगत १७ वर्षदेखी स्थायी रूपमा बस्दै आएकी ५५ वर्षीया कलावती सुनारको ९ जनाको परिवार छ । सो परिवार ज्याला मजदुरीमै जिबन गुजारेको छ । ज्याला मजदुरी गरेर खाने कलावती आफ्नो नाममा जग्गा नभएका कारण खोलाको किनारमा एैलानी जग्गामा बस्दै आएको बताउँछिन् । राज्यले भूमिहिनका लागि केहिपनि गर्न नसकेको बताउने कलावतीले एैलानी जग्गामा राज्यले लालपुर्जा दिँदा समेत बेच्नेको नाममा दिँदा बास्तविक भूमिहिन ओझेलमा परेको बताउँछिन् । उनी भन्छिन् ‘राज्यले भूमिहिनका लागी लालपुर्जा दिँदा समेत बेच्नेको नाममा नभई किन्नेको नाममा दिनुपर्दछ । बस्ती बसेको २० औं वर्षसम्म अ‍ैलानी जग्गाको किनबेच चलीरहेको अबस्थामा बास्तबिक भुमीहिनले लालपुर्जा पाएका छैनन् ।’ बिहिबार जिल्ला भूमि अधिकार मञ्च सुर्खेतको चौथो जिल्ला अधिबेशनमा सहभागी हुन आएकी कलावतीले राज्यले बास्तबिक भूमिहिन पहिचान गरी शिक्षा, स्वास्थ्यको समेत ग्यारेण्टी गर्नुपर्ने बताइन् । त्यस्तै गुर्भाकोट नगरपालीका ४ का बिरबहादुर सिंहले पनी १२ वर्षदेखि एैलानी जग्गामा बस्दै आएको र अहिले सम्म लालपुर्जा नपाएको गुनासो गरे । उनले भने ‘मेरो जाजरकोटको जग्गाले खाननपुग्ने भएपछि म सुर्खेत झरेको हुँ । सुर्खेतमा भएको दुईचार रोपनी एैलानी जग्गाले मलाई खान पुगेको छ तर म मालीक बन्न पाएको छैन ।’ भूमिहिनलाई मालीक बनाउनका लागि राज्यले कुनै चासो नदेखाएको सिंहको गुनासो छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र शर्मा राज्यले बास्तविक भूमिहिनको पहिचान गरी तत्काल भूमिहिनलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए । उनले भने ‘राज्यले भूमिहिनहरूलाई उपेक्षा गरेको छ । न बास्तबिक भूमिहिन पहिचान गर्न सकेको छ । नत भूमि नै उपलब्ध गराउन सकेको छ ।’ हलो जोत्ने भूमिहिनले कहिल्यै अधिकार नपाएको गुनासो शर्माले गरे । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा कोही पनि नागरिक भूमिहिन हुनु नपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘जग्गा जसले जोत्छ उसैको स्वामित्व हुनुपर्छ । कर्णाली प्रदेशमा कुनैपनी नागरिक अब भुमीहिन हुनुपर्ने छैन ।’ सम्मेलनले आजै जिल्लामा नयाँ कार्यसमितिको चयन समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?