ट्रेंडिंग:

>> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

वडाध्यक्षको पहलमा गौशाला सञ्चालन

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

छाडा पशु ब्यवस्थापन गर्न रामग्राम नगरपालिका वार्ड नं.८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले आफ्नो प्रयासमा गौशाला सञ्चालन गरेका छन् । शारदा गौशाला तथा पशुपंक्षी संरक्षण संस्था गठन गर्न लगाई बिहीवार विश्व प्राणी दिवसको अवसर पारेर एक कार्यक्रम बीच गौशाला औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
छाडा गाई गोरुले बजार अस्तब्यस्त बनेको महशुस गरेर गौशाला संचालनमा ल्याएको जनाउँदै ठाकुरले गौशालाले छाडा पशु मात्र नभई गाँउ घरमा पनि वेवारिसे र पाल्न नसकिएका गाई गोरुलाई पनि गौशालामा राखेर संरक्षण गरिने योजना रहेको जनाए ।
गौशाला उदघाटन गर्दै नगरपालिकाका निमित्त प्रमुख समेत रहेकी उपमेयर रम्भा कुवँरले पश्चिम नवलपरासीको कुनै पनि स्थानिय तहमा गौशाला नभएको अवस्थामा अहिले हाम्रो नगरपालिकामा गौशाला सञ्चालन गर्न सक्दा गौरवको कुरा भएको बताईन् । कार्य प्रारम्भ वडा नं.८ बाट भए पनि यसको स्वामित्व अब नगरपालिकाले नै लिएर सञ्चालन ब्यवस्थापनमा सघाउने प्रतिवद्धता समेत जनाएकी थिइन् । बजार भरी छाडा पशुले दुर्घटना निम्त्याउने, शहर बजार फोहर बनाउने, स्थानीयको बाली नाली चरिदिइने जस्ता समस्यालाई समेत यो गौशालाले न्युनिकरण गर्नमा मद्दत पु¥याउने उनको भनाई थियो ।
उद्घाटन समारोहमा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख राममिलन विश्वकर्माले छाडा पशु छाड्दा समस्या देखिएको तर अहिले तिनै छाडा पशु ब्यवस्थापनका लागि खुलेको गौशालाले ति समस्यालाई अवसरमा बदल्ने योजना ल्याएको उनले औल्याए । छाडा पशु समस्या हुन्, उनले भने, तर तिनै पशुलाई एक स्थानमा यो गौशालामा राखिएपछि त्यसबाट लाभ समेत उठान सकिन्छ । गाई गोरुको मलमुत्र संकलन गरेर त्यसबाट नगद आर्जन गर्न सकिन्छ । गोमुत्र मात्र संगलन गरे औषधीय गुण भएको ति गो मुत्रलाई बालीनालीमा जैविक विषादी र मलमा प्रयोग गर्न सकिन्छ । गो मुत्रलाई पानीमा मिसाएर स्प्रे गरे युरियाको प्रयोग बाली नालीमा गर्न पर्र्दैन् । गोबरलाई गोबर ग्यास प्लान्टमा हालेर बैकल्पिक उर्जामा प्रयोग गर्ने, बचेको गोबरलाइै पनि जैविक मलको रूपमा उपयोग गर्न मिल्छ । वृद्ध हुदै गाई गोरुको मृत्यु पश्चात त्यसलाई एकै स्थानमा ब्यवस्थापन गर्न सके गिद्ध,चिल जस्ता माँसाहारी पंक्षि खाने हुँदा तिनीहरूको पनि संरक्षण हुने हुँदा यसले इकोसिस्टममा सहयोग पु¥याउने उनको भनाई थियो ।
उद्घाटनमा शुभकामना मन्तब्य ब्यतm गर्दै नेपाल रेडक्रस सोसाईटीका जिल्ला संयोजक राजेन्द्र अग्रहरीले गौशाला सञ्चालनमा आउनु जिल्लाकै गौरव भएको बताए । गाई गोरु छाडा छाड्नु अपराध हो,तर तिनीहरूलाई संकलन गर्नु धर्मको कुरा भएको बताउदै उनले अहिले यो गौशाला सञ्चालन गरेर सामाजिक कार्य मात्र नभई धार्मिक कार्य पनि गरिएको जनाए । यसमा स्थानिय तह र स्थानिय बासी मिलेर सञ्चालनमा सहयोग गर्नु पर्ने उनले सुझाव पेश गरेका थिए । कार्यक्रममा वार्ड नं.२ का वार्ड अध्यक्ष चन्द्रिका अग्रहरीले गौशाला वार्ड नं.८ का वार्ड अध्यक्ष ठाकुरले सञ्चालन गर्न शुरु गराए पनि सहयोग सबै वार्ड ले गर्नु पर्ने बताए । यसमा सबै वार्ड अध्यक्षले मिलेर सहयोग गर्ने उनको भनाई थियो । गाई गोरुको संरक्षण गर्नु हाम्रो बाध्यता मात्रै नभई हाम्रो संस्कृति समेत भएकोले यसको संरक्षणमा सबै जुट्नु पर्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष टिकाराम गैरेले गौशाला सञ्चालनमा ल्याएर वार्ड अध्यक्ष र संस्थाले प्रशंसनिय कार्य गरेको बताएका थिए । दुई महिनाको निरन्तर प्रयास र वार्ड अध्यक्ष ठाकुरको लगतशिलताले मात्र गौशाला सञ्चालन गर्न सकिएको सस्थाका उपाध्यक्ष समेत रहेका शम्भु उपाध्यायले बताए । स्थानिय प्रशासनले समेत गौशाला सञ्चालन गर्नका लागि सहयोग गर्न प्रतिवद्धता जनाएको छ, उनले भने, गौशालालाई अब ब्यवस्थित गर्दै नमुना गौशालाको रूपमा चिनाइने छ । झरही नदी किनारमा परासी पशु हाटसंगै जोडिएको उतm गौशालामा पहिलो दिन १० वटा छाडा गाई गोरु पहिलो दिनमै राखियो, उनले भने, बाकी रहेका गाई गोरुलाई संकलन गरि गौशालामा ल्याउछौ । ब्यतिmगत रूपमा पालन गर्दै आएका किसानले समेत यदि आफ्ना गाई गोरु गौशालामा राख्न ल्याएक केही सहयोग शुल्ल लिएर राख्ने छौ । गौशालाले स्थानिय बजार ब्यवस्थापनसंगै रोजगारी समेत सृजना गरेको उनले सुनाए । गौशालामा यदि कसैले नगद,वा खाद्य पदार्थ पराल आदी दानको रूपमा दिन सक्छ, उनले भने, त्यस्ता महानुभावलाई पनि हामी सम्मान गर्ने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?