© २०२३
बुटवलमा जारी दोस्रो जिसिए कप टि–ट्वान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगितामा ११ स्टार क्रिकेट क्लब विजयी भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबारको खेलमा नयाँगाउँ क्रिकेट क्लबमाथि ४१ रनको जित निकाल्दै ११ स्टार क्रिकेट क्लब विजयी भएको हो । खेलमा टस जितेर ११ स्टारले ब्याटिङ्गको निर्णय गर्दै पुरै ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १० रन बनाएको थियो । उसका लागि प्रकाश केसीले १९ बलमा १९ जोडेका थिए ।
नयाँगाउँका बलर गणेश सापकोटाले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट तथा राजन सापकोटाले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको नयागाउ १५.३ ओभरमा केवल ६९ रनमा समेटिएको थियो । उसका लागि राजन सापकोटाले २८ बलमा २२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । ११ स्टारका सन्तोष शर्माले २ं.३ ओभर बलिङ्ग गर्दै ४ तथा सरोज गौतमले ३ ओभर बलिङ्ग गर्दै ४ विकेट लिएका थिए । खेलमा सरोज गौतम म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि फेन्टासी क्रिकेट क्लबले कालिका क्रिकेट क्लबमाथि १ सय ३३ रनले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । टस जितेर कालिकाले फिल्डिङ्ग रोजेपछि ब्यटिङ्ग गर्न मैदान भित्रेको फेन्टासीले पुरै ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८३ रन बनाएको थियो । उसका लागि सुभम थापाले ३७ र विशाल भुषालले ३४ रनको योगदान दिएका थिए । खेलमा रोशन श्रेष्ठले ४ ओभरमा ३ विकेट लिएका थिए । विशाल लक्ष्य भेटाएको कालिका ११.१ ओभरमा ५० रनमा समेटियो । जितका लागि फेन्टासीका अरबाज अलि र क्रिस प्रधानले समान ४ ओभर बलिङ्ग गर्दै ४–४ विकेट लिएका थिए । खेलमा क्रिस प्रधान म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि अर्को खेलमा न्यु आदर्श क्रिकेट क्लबले महाबिर क्रिकेट क्लबमाथि ८२ रनको विशाल जित निकालेको छ । आर्दशले टस जितेर ब्याटिङ्गको निर्णय गर्दै १५ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ५६ रन बनाएको थियो । उसका लागि मुन्ना खानले १४ बलमा ३२ र रामु शर्माले १५ बलमा २४ रनको योगदान दिएका थिए । खेलमा पोषण सुवेदीले ३ ओभरमा ४ विकेट तथा आजाद खान र सैलेश श्रेष्ठले समान ३ ओभर बलिङ्ग गर्दै समान २–२ विकेट लिएका थिए । विशाल लक्ष्य पछ्याएको महाबिर क्रिकेट क्लब केवल १४.२ ओभरमा केवल ७४ रनमा समेटिएको थियो । उसका लागि अमर रानाले १८ बलमा १२ र शैलेश श्रेष्ठले ६ बलमा १२ रनबाहेक अन्य सबै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । ईरसाद खानले ४ ओभर बलिङ्ग गर्दै ५ विकेट लिएका थिए । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।