© २०२३
प्रदेश सरकार अन्तर्गत रहेका जिल्ला स्थित कार्यालयका कर्मचारी दशैं तलबको पिरलोमा छन् । ५ नं.प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गत रहने कार्यालयमा कार्यरत कर्मचारीहरूलाई दशैं नजिकिँदै गर्दा समेत तलब भत्ता पाउने नपाउने निश्चित छैन ।
जिल्लामा गत साउन महिनामै स्थापना भएको कृषि मन्त्रालय अन्तर्गतका कृषि ज्ञान केन्द्रका कर्मचारीले तलब सुबिधा पाउने निश्चित नभएको गुनासो गरेका छन् । कृषकका लागि आवश्यक बजेट कार्यक्रम त कहाँ हो कहाँ ? कार्यालय कुर्दै बस्ने गरेका कर्मचारीले दशैं आईसक्यो तर तलब भत्ता कहिले पाउने पनि अनिश्चित बनेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत दशरथ प्रसाद कोईरीले बताए । ‘प्रदेश सरकारले कार्यालय स्थापना ग¥यो,’ उनले भने । तर तोकिएको दरबन्दी अनुसार न त अहिले पुरै कर्मचारी हाजिर भएका छन्, नत कुनै प्रदेश सरकारले कार्यक्रम पठाएको छ, त्यही भएर गफ गरेरै दिन कट्ने गरेको उनको भनाई थियो । कर्मचारीहरू दशैंमा तलब भत्ता पाईन्छ भनेर आश गरेर बसेका हुन्छन् । तर त्यसको पनि निधो भएको छैन् । तलब भत्ता दशैं अगाडी पाईने हो कि दशैं पछि सुनिश्चित भएको छैन ।
अहिले प्रदेश सरकारले माग गरेको विभिन्न कृषि विषयका तालिमका लागि आवेदनहरू र बिभिन्न तरकारी खेती सम्बन्धि माग गरेको प्रस्तावना पत्रका आवेदनहरू संकलन गर्दै बस्दै आएको उनले बताए । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमा बरिष्ठ कृषि प्रसार अधिकृत राममिलन प्रसाद विश्वकर्मा प्रमुख रहने गरि १७ जना कर्मचारीको दरबन्दी तोकेको छ । तर बुधवार तीन जना मात्र कर्मचारी ज्ञान केन्द्रमा आएका थिए । दरबन्दी कायम भए पनि कर्मचारीको पनि अहिलेसम्म टुगोँ लाग्न नसक्दा त्यसले तलब भत्ता पाउनेमा पनि समस्या पारेको देखिन्छ । हाजिर नै नभएका कर्मचारीको तलब भत्ता कसरी सरकारले पठाउने हो ? उनले भने, यसले हाजिर भएका कर्मचारीलाई समेत समस्यामा पारेको छ । साउन महिनामा प्रदेश भित्र सबै भन्दा पहिला जिल्ला कृषि विकास कार्यालयलाई नै प्रदेश सरकारको कृषि ज्ञान केन्द्र भनेर पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका थिए ।
कृषि विकास कार्यालय मात्रै होईन्, उता जिल्ला बन कार्यालयलाई डिभिजन वन कार्यालय भनेर बोर्ड फेरियो । वन कार्यालयका जिल्ला वन अधिकृत बिजयराज सुवेदी प्रदेश नं.४ अन्तर्गत नवलपुर जिल्लाको डिभिजन वन अधिकृत तोकिएर गए । अहिले ५ नं. प्रदेश अन्तर्गतको डिभिजन वन कार्यालय नवलपरासी कार्यालय प्रमुखविहीन बनेको छ । कार्यरत अन्य कर्मचारी के गर्ने ? कुन कार्य विधिले काम गर्ने कुरा पनि अन्यौल नै रहेको सहायक बन अधिकृत प्रशुराम पौडेलले बताए । उनको पनि पिरलो तलब भत्ताकै थियो । दशैं आईसक्यो, कार्यरत कर्मचारीले कहिले तलब भत्ता पाईन्छ ? भनेर सोध्ने गरेका छन्, सहायक वन अधिकृत पौडेलले भने, अहिले प्रमुख विहिन नै भएको डिभिजन वन कार्यालयमा को प्रमुख बनेर आउने निधो भइसकेको छैन ।
‘पुरै कर्मचारी हाजिर नभएसम्म तलब भत्ता पाउने छाँटकाँट देखिएको छैन्,’ उनले भने, यसपालीको दशंै खल्लो नै हुने देखिएको छ ।’ घर परिवारलाई दशैंमा आश हुन्छ,तर यस पालीको दशैंमा सरकारले निरास बनाउने होकि जस्तो लक्षण देखिएको सहायक वन अधिकृत पौडेलको भनाइ थियो । कार्यालयमा कार्यरत बन रक्षक लगायतका तल्लो तहका कर्मचारीलाई झन् समस्या हुने उनले बताए । कार्यालयले गर्दै आएको बन पैदावार आपूर्तिका काम पनि रोकिएको छ ।
आपुर्तिबाट उपभोतmालाई वितरण गरिने काठ दाउरा थन्किएका छन् । पहिला आपुर्तिको कार्ययोजना बन विभागले स्वीकृत गरथ्र्यो,क्षेत्रिय निर्देशनालयले अनुगमन गर्ने गरेको थियो ।
अहिले प्रदेश अन्तरगत आएको हुदा प्रदेशको बन मन्त्रायलले विभाग र निर्देशनालय तोकिए सकेको छैन् । कस्ले कार्ययोजना स्वीकृत गर्ने र कस्ले अनुगमन गर्ने जस्ता कानुनी जटिलताले आपुर्तिमा थन्किएर रहेका काठ दाउरा समेत वितरण हुन सकेको छैन् । वितरणमा ढिलाई भए ति काठ दाउरा कुहिएर जादा राजस्व घाटा हुनुको साथै उपभोतmाले पाउनु पर्ने सुविधाबाट पनि बन्चित हुने देखिएको छ । यसले गर्दा जति सक्दो चाडै प्रदेश सरकारले टुगोँ लगाउने पर्ने सहायक बन अधिकृत पौडेलको जनाए । कृषि र बन मात्रै नभई यही समस्या पहिलाको सिचाई डिभिजन कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायतका कार्यलयको पनि उस्तै समस्या रहेको जनाएका छन् ।