© २०२३
रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा पश्चिमाञ्चल क्षेत्रिय प्रहरी तालिम केन्द्र, बुटवलका विजयी भएको छ । झरना स्र्पोट्स क्लबको आयोजनामा उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा युनाईटेड कपिलबस्तु, कपिलबस्तुलाई ६–१ गोलले पराजित गर्दै प्रहरी तालिम केन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रहरी तालिम केन्द्रको जितमा धनिराम चौधरी नायक बने उनले प्रतियोगिताको पहिलो ह्याट्रीक समेत गरे । चौधरीले खेलको १०, ४५ र ६५ औ मिनेटमा गोल गरेका थिए । यसैगरि खेलको ५८ औ र ७० औ मिनेटमा विवेक पाण्डेले तथा १६ औ मिनेट सुनिल नेपालीले गोल गरेका थिए । युनाईटेड कपिलबस्तुको तर्फबाट खेलको ३१ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
प्रतियोगितामा प्रहरी तालिम केन्द्रका धनिराम चौधरी म्यान अफ म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगितामा नवलपरासी, कपिलबस्तुको एक–एक टिमसहित रूपन्देहीका क्लबहरू गरि १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन । आज नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल र योङ्ग स्टार फुटबल क्लब, मडाहाका बिचमा खेल हुने खेल संयोजक नगेन्द्र छन्त्यालले बताए ।