© २०२३
बुटवल, १८ पुस । अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराकी ६० बर्षिय राधा थापाको गहना लुट्ने मनसायले हत्या भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हत्याको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतिय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारत घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर १० स्थित चोखोरकि एक महिलासंग विवाह गरी बसेका २३ बर्षिय सुशान्त सिंहलाई पक्राउ गरिएको हो ।
सुशान्तको शरिरमा रगत देखिए पछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुनको गर गहना लुट्ने उद्देश्यले दूध लिन हिंडेकी थापालार्इ पछाडिबाट टाउकोमा ढुंगा र हंसिया प्रहार गरि हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।