ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

स्टाफ नर्स र एच.ए. को पढाइ गर्ने तयारीमा पृथ्वी चन्द्र अस्पताल

१६ आश्विन २०७५, मंगलवार
१६ आश्विन २०७५, मंगलवार

अस्पतालमा गुणस्तरिय सेवा प्रदान गर्दै चमत्कारिक सुधार गरेको जिल्लाको पृथ्वी चन्द्र अस्पतालले अगामी बर्षदेखि स्टाफ नर्स र स्वास्थ्य सहायक(एच.ए) को पढाई शुरु गर्ने निर्णय गरेको छ । अस्पताल विकास समितिको आइतवार बसेको बैठकले सो निर्णय गरेको हो ।
अस्पतालको सेवामा गुणस्तर वृद्धिसंगै विशेषज्ञ सेवा प्रदान गर्न शुरु गरेको पृथ्वी चन्द अस्पताल विकास समितिले नवलपरासी जिल्ला भित्रै स्टाफ नर्स र एच.ए को पढाई नहुने हुँदा यस्तो निर्णय गरिएको समितिका अध्यक्ष तथा जिसस प्रमुख शिव शंकर रायले बताए । उनले संस्थागत रूपमा अस्पताल विकास समितिले निर्णय गरेको र निर्णय सहित आवश्यक प्रकृया पुरा गरि सिटिभिइटीसंग सम्बन्धन प्राग्त गर्ने छ । सम्बन्धन लिएर अस्पताल परिसरमै आउँदो बर्ष अध्ययन गराउने लक्ष्य लिएको अध्यक्ष रायले जनाए । उनका अनुसार यहाँ विद्यार्थी बुटवल,भैरहवा र भरतपुर लगायतका विभिन्न स्थानमा अध्ययन गर्न जाने र पछि प्रयोगात्मक अभ्यास(ओजेटी)का लागि यहिँ अस्पतालमा आउने गरेका छन् । त्यसैले अब अस्पतालमै किन ति विषयका पढाई नगर्ने भनि निर्णय गरेका हौ, रायले भने, यस क्षेत्रका बालबालिकालाई बाहिर पढन जान पर्दैन् आफ्नै घरबाट पढन पाउने छन् । अध्यापन गर्नका लागि नयाँ भवन नबनेसम्मका लागि अहिले खारेज भएर गएको जनस्वास्थ्य भवनलाई प्रयोग गरिनेछ ।
अहिले जिल्ला सदरमुकामबाट धेरै कार्यालय खारेज भई सदरमुकाम नै सुनसान देखिने गरेको छ । कम्तीमा जिल्ला अस्पताल जसरी ५१ सैयाको अस्पतालमा स्तरोन्नती भई अहिले विशेषज्ञ सेवा सहित सेवा प्रदान गर्न थालेपछि विरामीको चाँप बढेको छ । भारत देखि पनि विरामी सेवा लिन आउन थालेका छन् । छिमेकी रूपन्देहीबाट पनि उपचारका लागि बिरामी अहिले पृथ्वी चन्द्र अस्पतालमा आउन थालेको अस्पतालले जनाएको छ । ५१ सैयाको अस्पतालको स्वीकृति भएको १ बर्ष अगाडि हो, तर स्वीकृति अनुसारको सैया थप्ने कार्य दुई साता अगाडि मात्र पुरा भएको हो । अस्पतालमा अहिले दैनिक दुई वटा सिजेरियन सेक्सन(सिएस) हुने गरेको छ । त्यसका लागि स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादव सहितको चिकित्सक टोली चौविसै घण्टा अस्पतालमा तैनाथ छ । जस्ले गर्दा एक महिना भित्रै प्रसुती कक्षमा समान्य सुत्केरीको पनि चाँप बढदै गएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट(प्रमेसु) अनन्त कुमार शर्माले बताए । केही दिन भित्रै अस्पतालमा नै हाड रोग विशेषज्ञलाई पनि आवास उपलब्ध गराए पछि हाडसम्बन्धी पनि अप्रेसन हुने हुदा विरामीको चाँप अझ बढेर जाने अस्पतालले जनाएको छ ।
समिति र अस्पताल कर्मचारी सबैको सहमतिमा अस्पतालमा स्टाफ नर्स र स्वास्थ्य सहायकको अध्ययन गर्न सकिने प्रतिवद्धता आएपछि अस्पताल विकास समितिले सञ्चालन गर्ने निर्णय समेत गरेको छ । अनुमतिका लागि अध्यक्ष राय, प्रबन्धक सोम बहादुर (सि.बी) अधिकारी र संघिय समाजबादी फोरम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव सहितको टोली त्यसको लागि मंगलवार नै स्वास्थ्य मन्त्रालय र सिटीभिईटीमा अनुमतिका लागि जाने प्रमेसु शर्माले बताए । अहिले अस्पतालमा दु्रत गतिमा काम भई रहेको छ, अस्पतालमा अहिले हाड, स्त्री तथा प्रसुती लगायत तिन विशेषज्ञ सहित ९ जना डाक्टरको टिमले काम गरि रहेको छ । आउदो बर्ष देखी अध्ययन पनि हुन सक्यो भने, विशेष डाक्टरहरूले उपचारसंगै अध्यापन पनि गराउने छन् । पढ्नेले अध्ययनसंगै अस्पतालमा प्रयोगात्मक ज्ञान पनि गर्न पाउने हुदा अस्पताल सञ्चालन अझ प्रभावकारी भएर जाने विश्वास प्रमेसु शर्माले ब्यतm गरे । स्थानियमा अहिले अस्पतालको सेवा प्रति सकारात्मक सन्देश गएको छ, स्थानिय बुद्धिजिविहरूले अहिले अस्पताल सञ्चालनमा सहयोग गर्न थालेका छन् ।
विरामीको चाँप अहिले अस्पतालले सञ्चालन गर्दै आएको चौविसै घण्टा फर्मेसी सेवाको तथ्याँकले पनि प्रष्ट हुन्छ । पहिला दैनिक १० देखि १५ हजारको औषधी विक्रि वितरण हुने यो अस्पतालमा एक महिना भित्रै सो विक्रि दर दैनिक ५० हजार भन्दा माथि पुगेको छ । तर दुर्भाग्य सरकारले १५ सैया अस्पताल देखी गाँउका स्वास्थ्य चौकीसम्म निशुल्क औषधीको लागि बजेट पठाउने गरेको छ, तर अस्पतालको स्तरोन्नती पछि यो अस्पतालमा निशुल्क औषधी वितरणको बजेट कटौती भएको गुनासो प्रमेसु शर्माले गरे । अस्पतालमा सरकारले अहिलेसम्म एउटा सवारी साधन पनि उपलब्ध गराएको छैन्, उनले आर्को दुर्भाग्य पुर्ण कुरा सुनाए । अस्पताल विकास समिति र स्थानीय स्तरबाट अहिले अस्पताल सञ्चालनमा पूर्ण सहयोग भइरहे पनि सरकारबाट जुन प्रोत्साहन हुनु पर्ने हो, त्यो हुन नसकेको दुःखेसो पनि उनले गरे । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission