© २०२३
बुटवलमा दोस्रो जिसिए कप टि–२० जिल्लास्तरीय टेनिस क्रिकेट प्रतियोगिता शुरु भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा गोलपार्क ‘बि’ विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेको छ । गोलपार्कले न्यु लाईट कलेजलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । गोलपार्कका आनन्द कुमार गौडले छैठांै ओभरको अन्तिम बलमा बसन्त केसीको बलमाथि छक्का हान्दै जित निकालेका थिए । उनले उद्घाटन खेलमा पहिलो अर्धसतकसमेत पुरा गरेका छन् । उनले २१ बलमा ५९ रन जोडेका थिए । गोलापार्कका बिनोद रणपालले ११ रनको योगदान दिएका थिए । प्रतियोगितामा टस जितेर गोलपार्कले न्यु लाईटलाई ब्याटिङ्गको निम्तो दिएको थियो । न्यु लाईटले १६ ओभरमा अल आउट हुदै ७६ रन जोडेको थियो । उसका लागि विनय बस्नेतले १८ र युवराज थापाले १३ रन जोडेका थिए । बिनोद रणपालले ३ ओभर बलिङ्ग गर्दै ५ रन खर्चेर ३ विकेट लिएका थिए । गोलपार्कले २ विकेटको नोक्सानीमा ६ ओभरमा जित निकालेको थियो । प्रतियोगितामा आनन्द कुमार गौड म्यान अफ दी म्याच घोषित हुँदै पुरस्कत भएका छन् ।
यसैगरि शनिबार नै भएको खेलमा उङ्ग बाईल्ड क्लबमाथि ७३ रनको जित निकाल्दै बुटवल राईनोज क्रिकेट क्लब तथा रिडी गुल्मी क्रिकेट क्लबमाथि ३ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर भैरहवा (आरसीबि) दोस्रो चरणमा प्रवेश गरेका छन् ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडासदस्य सरस्वती कुवँर उद्घाटन गरेका थिए । कार्यक्रममा एभरेष्ट एजुकेशन तथा भिसा सर्भिसेजका विष्णु थापा, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले, उपाध्यक्ष रोमित बज्राचार्य, क्लबका अध्यक्ष मछिन्द्र श्रेष्ठले क्रिकेट खेलमा युवाहरूको आकर्षणलाई बुझेर प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितालाई एभरेष्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रयोजन र बज्राचार्य ज्वलेर्स, बुटवलले सहप्रयोजन गरेको छ । उपाधि विजेता टिमले कपसहित नगद १ लाख, उपविजेता टिमले कपसहित ४५ हजार र तृतीय टिमले नगद १५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने खेल संयोजक राजेश थापाले बताए । प्रतियोगितामा ३८ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन । पहिलो संस्करणमा शंकरनगर क्रिकेट क्लब उपाधि विजेता तथा म्याक्स ईलेभेन उपविजेता रहेको थियो ।