© २०२३
रोल्पा सदरमुकाम लिबाङमा रहेका साँगुरा सडकका कारण सामान्य शारीरिक अवस्था भएकाहरूलाई समेत आवतजावतमा समस्या हुने गर्दछ । तीव्र गतिमा हाँकिने मोटर साईकल र ठूला गाडीहरूबाट बच्न हम्मे हम्मे हुने यहाँको सडकमा फरक शारीरिक क्षमता भएका एक व्यक्ति भने दिनहुँ ठेलामा तरकारी बिक्री गर्न हिँडिरहेका हुन्छन् ।
१७ वर्षअघि भारतको गुजरातमा एक सिमेन्ट कारखानामा काम गर्ने शिलशिलामा एक्कासी दुवै आँखाको ज्योति गुमाएका रोल्पा खुमेलका ४५ वर्षिय रामसिंह विक ठेलामा तरकारी तथा फलफूल बिक्री गरेर दैनिक हजारांै आम्दानी गर्ने गर्दछन् ।
आर्थिक अवस्था निकै कमजोर रहेका कारण कमाई गर्न भारतको गुजरात पुगेका उनले त्यहाँ पुगेको २ वर्षमै दुवै आँखाको ज्योति गुमाए । सिमेन्ट कारखानामा काम गरिरहेको बेला एक्कासी वत्ती अफ भए झै दुवै आँखा बन्द भए । ’आँखा खुलाउन भारतका विभिन्न अस्पताल धाएँ तर भएन,’उनले भने । पैसा नभएका कारण ठूला अस्पतालमा देखाउन नसकेपछि रित्तै नेपाल फर्किएका उनलाई बाँकी जीवन कसरी जिउने भन्ने चिन्ताले पिरोलिरहेको थियो । छिमेकी दाई भाईबाट सहयोग नपाएपछि श्रीमती र २ वर्षिय नाबालक छोरासँग सदरमुकाम लिवाङ आए ।
आँखा…
झण्डै ६ वर्ष श्रीमतीको ज्याला मजदुरीबाट पालिएका उनी वितेका ५ वर्षदेखि भने ठेलामा तरकारी बेच्दै आएका छन् । सदरमुकाममा डेरा गरि बसेका उनलाई घर मालिकले व्यवसाय संचालनका लागि सबै बन्दोवस्त गरिदिएको उनले बताए ।
दैनिक ४ देखि १० हजार रूपैयाँ सम्म आम्दानी गर्दै आएका उनले आफ्नो कमाई ६ लाख ५० हजारबाट सदरमुकाम लिवाङमा एउटा घडेरी समेत लिएका छन् । बितेको ५ वर्षमा करिब १५ लाख आमदानी गरिसकेका उनले अब छिट्टै घर समेत निर्माण गर्ने योजनामा रहेको बताए । काम गर्न सजिलोका लागि उनले अर्को एकजना सहयोगी समेत राखेका छन् । खाने बस्ने सुविधा सहित मासिक २ हजार तलव दिने गरि सहयोगी राखेको उनले वताए ।
अहिले भने आफ्नो परिवारलाई २ छाक रोटी खान समस्या नभएको उनले वताए । गरिवीकारण जेठो छोरालाई पढाउन नसकेकोमा उनलाई पछुतो छ । दुई छोरीले भने अहिले सदरमुकाममा रहेको एक माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन । जेठी छोरीले कक्षा ११ मा अध्ययन गरिरहेकी छिन भने कान्छी छोरीले पनि सोही विद्यालयमा कक्षा ९ अध्ययन गरिरहेको उनले वताईन ।
अपांग भएर घरमा छपक्क वसेको भए यस्तो सुख्ख आउने थिएन, कडा परिश्रमका कारण यो संभव भएको हो उनले वताए । व्यस्त सडकमा गुड्ने यातायातका साधनको चूनौतीका वावजुत उनले कुसलताका साथ व्यवसाय गरिरहेका छन् । व्यस्त सडकमा दृष्टिविहिनले ठेला चलाउनु सामान्य कुरा नभएको बताउने उनले आजसम्म भगवानको कृपाले कुनै दुरघटना नभएको उनले वताए । जीवनमा कुनै प्रकारको दुर्घटना देख्न र भोग्न नपरोस भन्ने भगवानसँग कामना गरेको उनले बताए ।
श्रीमति २२ वर्ष हुँदा आफु दृष्टिविहिन भए पनि संगै वसेर गरेको सहयोगलाई उनले कहिल्यै विर्सदैनन् । श्रीमतीले छोडेर गएको भए र व्यापार गर्ने हौसला नदिएको भए आफ्नो यतिवेला सडकमा वास हुने थियो रामसिंले भने । श्रीमतीले ज्यालामजदुरीवाट आएको पैसाले परिवार पाल्नु पार्ने बाध्यता रहेकै वेला १५ दिनको छोरालाई छाडेर सालीको मृत्यु भएपछि सालीको छोरा समेत उनले पाल्दै आएको वताए ।
रोल्पाबाट दिनानुदिन रातो तातो रगत भएका २० भन्दा वढी युवाहरू खाडी जाने गरेको आफुले पनि सुन्दै आएको वताउने उनले नेपालमै जीविकोपार्जनका प्रसस्त संभावना रहेको दावि गर्छन । आँखा जस्तो सवैभन्दा महत्वपुर्ण अंग गुमाउने मैले त स्वदेशमै काम गरेर खान संभव छ भन्ने प्रमाणित गरि सके पछि सपांगहरूका लागी त झन कुनै कठिनाई छैन रामसिंले भने ।
अधोगति र निरासा तर्फ गएको आफ्नो जीन्दगीलाई ज्योति छर्ने श्रीमतिका कारण आफुलाई वाँच्न र केही गरौ भन्ने भावना पलाएको उनले वताए । श्रीमानहरू वैदेशिक रोजगारीमा गएका कैयन श्रीमतिहरू धनसम्पत्ती कुम्ल्याएर धोका दिएको प्रसस्तै घटना सुनेका उनले श्रीमान श्रीमतिको भावनात्मक माया र एकताले मात्र पारिवारिक जीवन सफल हुने दावि गर्दछन । सक्कली माया धन सम्पत्तीले दिन नसक्ने उनको अनुभव छ ।