ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

पानीभर्न सकस

१३ आश्विन २०७५, शनिबार
१३ आश्विन २०७५, शनिबार

स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङका स्थानीयलाई खानेपानीको जोहो गर्न दिउँसैदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ ।  साँझको लागि दिउँसै लाइनमा बस्ने गरेको स्थानीयले बताए । एक गाग्री पानी भर्न आधा घण्टा बढी समय लाग्ने हुँदा पालो पर्खनुपर्ने स्थानीय केसी रोकाले बताइन् । उनी दिउँसोको चर्को घाममा छाता ओडेर पानी भर्दै थिइन् । खानेपानीकै चिन्ताले दैनिकजसो अन्य काममा असर परिरहेको उनको पीडा छ । ‘दिनहुँ यसैगरी लाइनमा बसेर पानी भर्नुपर्छ’, उनले भनिन्,‘धारामा सानो पानी आउँछ । पालो कुर्दाकुर्दै समय गइहाल्छ ।’ उनका अनुसार गाईभैंसीलाई समेत यही पानी खुवाउने गरिन्छ । विहान जसोतसो एक गाग्री पानी भरेपनि साँझको लागि दिउँसैदेखि लाइनमा बस्नुपर्ने बाध्यता उनले सुनाइन । ‘वर्षौदेखि गाउँमा खानेपानीको हाहाकार छ’,उनी भन्छिन्,‘गाउँमा पानी ल्याउन कसैले चासो देखाएका छैनन् ।’
पानीकै पिरलोले स्थानीयलाई दैनिक अन्य कामकाजका लागि समय मिलाउन समस्या भइरहेको छ । घरमा एकजना सदस्यको समय खानेपानीको लाइनमा बस्दै बित्ने गर्छ । गाउँकै डाँडागाउँको सानो मुहानबाट खानेपानी ल्याइएको छ । तर, यसले सिंगो गाउँलाई धान्न सकेको छैन् । ‘४० बढी घर खानेपानीको समस्याबाट पीडित छन्’,स्थानीय बयोवृद्ध सुरेश घर्तिले भने,‘लिफ्ट खानेपानी आयोजना ल्याउने भन्छन् । खै अहिलेसम्म आएको छैन ।’ छोराछोरीलाई पानी बोक्न लगाउँदा पढाइमा असर पर्ने गरेको अभिभावकहरूले गुनासो गरेका छन् ।
वर्षौदेखि गाउँमा खानेपानीको समस्या हुँदै आएको वडा अध्यक्ष खोप बहादुर रावतले जानकारी गराए । गाउँदेखि माथि कुंग्रिखोला, सातमुले खोलामा मुहान भएको उनले बताए ।
सातमुलेबाट आएको पानीले गाउँको आवश्यकता पुरा गर्न सकेको छैन् । ‘पानीको लाइनमा सानो पाइप भएकाले धारो सानो खसेको हो’,उनले भने,‘ठूलो पाइप भएमा पानीको समाधान हुनसक्छ ।’ करिव चार किलोमिटर दुरीसम्म ठूलो आकारको पाइप विच्छ्याउनुपर्ने उनको भनाई छ । खानेपानीको सहज आपूर्ति नहुँदा गाउँका रोकाटोल, मौधारा, थापाटोल, हुलाक कार्यालय नजिकका बस्ती धेरै समस्यामा छन् ।
वडा कार्यालयबाट तीन लाख रूपैयाँ विनियोजन गरेपनि दिगो समाधान हुन नसकेको उनले बताए । गाउँको अवस्था बुझेर खानेपानीको सहज पहुँच पु¥याउनेतर्फ ठोस योजना बनाउने नगरप्रमुख नेत्र बहादुर रोकायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?