© २०२३
गोलपार्क क्रिकेट क्लबको आयोजनामा दोस्रो जिसिए कप टि–ट्वान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष मछिन्द्र श्रेष्ठले बताए । २०७२ सालमा आएको विनासकारी भूकम्पममा ज्यान गुमाएका ब्यक्तिहरूको सम्झनामा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको उनले बताए । प्रतियोगितालाई एभरेष्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजन र बज्राचार्य आभुषणले सहप्रायोजन गरेको छ । दोस्रो संस्करणको उपाधि विजेता टिमले कपसहित नगद १ लाख, उपविजेता टिमले कपसहित ४५ हजार र तृतीय टिमले नगद १५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने उनले बताए । प्रतियोगितालाई एभरेष्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजन र बज्राचार्य आभूषण सहप्रयोजन गरेको छ ।
खेल संयोजक राजेश थापाले खेल खेलाउन पूर्वाधारको समस्या भएको बताए । मैदान अभावले नै डयुस बलको साटो टेनिस बलको प्रतियोगिता गर्न बाध्य भएको उनले बताए । मुख्य प्रायोजक एभरेष्ट एजुकेशनका विष्णु थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलेको विकासमा आफूहरूबाट सहयोग भएको बताए । देशको नाम अन्तर्राष्ट्रियस्तरमा पु¥याउने क्रिकेट खेलको विकास गरे समग्र देशको विकासमा टेवामिल्ने उनले बताए । बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले बुटवलमा क्रिकेट खेलको पूर्वाधार बनाउन स्थानिय सरकारलाई झगझगाउने काम सबै क्रिकेटप्रेमीहरूबाट गर्नुपर्ने बताए । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा सदस्य सरस्वती कुवँरले युवाहरूलाई खेलमार्फत अघि बढाउनुपर्ने बताइन् । युवा देशका कर्णधार मानिने भएकाले पनि उनिहरूको क्षमता विकासमा सहयोग जरुरी रहेको उनले बताईन । प्रतियोगितामा ३२ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन । पहिलो संस्करणमा शंकरनगर क्रिकेट क्लब उपाधि विजेता तथा म्याक्स ईलेभेन उपविजेता रहेको थियो ।