ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

समृद्धिका लागि नीजि क्षेत्रसँग हातेमालोः अर्थमन्त्री

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार एक्लैको चाहनाले मात्रै देश विकास नहुने हुँदा आर्थिक क्रान्तिको लागि निजी क्षेत्रसँगको सहकार्य जरुरीरहेको बताएका छन् । नीजि क्षेत्रर तीनै तहका सरकारको बीचमा हातेमालो आवश्यक भएको भन्दै उनले नीजि क्षेत्रसँग सरकार सहकार्य गर्न तत्पररहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघको ६५ औं बार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले व्यवसाय गरेर आम्दानी गर्ने,राज्यबाट सेवा लिनेले सरकारलाई कर तिर्नैपर्ने धारणा समेतराखेका थिए । ‘अब के गर्नुप¥यो लगानी मैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं’, उनले भने । ‘कानूनहरू संशोधनको अवस्थामा छन् । छिट्टै एक दुई महिनामा संसदको विचाराधीन अवस्थामा पुग्नेछन्, संसदले पास गर्छ ।’
लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरू संशोधन भएर लगानीमैत्री वातावरणमा मुलुक जाने अर्थमन्त्री खतिवडाले प्रतिवद्धता व्यक्त गरे । अर्थमन्त्री खतिवडाले संघ, प्रदेशर स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले बहुवर्षिय आयोजनामा सरकारको अनुगमन गर्ने परिपार्टी कमजोररहेको खुलासा गर्दै नीजि क्षेत्रले सरकारलाई ताकेता गर्नुपर्नेमा जोड दिए । व्यवसाय गर्दा दर्ता गर्नुपर्ने करलाई दोहोरो करको रूपमा व्यख्या गर्ने परिपाटी बन्द गर्नुपर्ने उनले बताए ।
संघीयताले मुलुकमा खर्च बढाएकोर सोको परिपूर्तिका लागि करको दर बढाउनु बाध्यतारहेको बताएका थिए । अहिले संघीय सरकार नयाँ भएको कारण अझै थिति बस्नको लागि केही समये लाग्ने उनको तर्क थियो ।
अर्थमन्त्री खतिवडाले मुलुकको चालु खर्च आफ्नै आम्दानीबाट संचालन गर्नका लागि पनि केही रूपमा करको दर बढेको बताउँदै व्यवसाय गर्नेले आय करर मूल्य अभिबृद्धि कर तिर्नै पर्नेर जुन दोहोरो कर नभएको स्पष्ट पारे ।
सरकार अहिले तीन वटा तहमा विभाजन भएको बेला स्थानीय तह, प्रदेशर संघीय (केन्द्र) को अधिकार बाडँफाँडमा केही समस्यारहेको बताए । अहिले कर के कति मात्रामा उठाइएको छ भन्ने विषयमा अनुगमन गर्ने संयन्त्र कमजोररहेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताए । उनले भने–‘कर तिर्ने वातावरण सरकारले सहज रूपमा निर्माण गर्नुपर्दछ, त्यो हामी वातावरण बनाउन तयार छौं ।’ अर्थमन्त्री खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताउँदै मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरू २ महिनाभित्र संशोधन भइसक्ने दाबी गरे ।
निर्माण व्यवसायीहरूले सरकारलाई पूर्णरूपमा साथ दिनुपर्ने भन्दै अर्थमन्त्री खतिवडाले ठूला आयोजनामा कुनै पनि बजेट कमी नहुनेमा ढुक्करहन आग्रह गरे ।
पछिल्लो समय दक्ष कर्मचारी, कार्यगत क्षमता भएका कर्मचारीहरूको अभावरहेको कारण प्रदेश सरकारको कार्य अगाडि बढ्न नसकेको अर्थमन्त्रीको स्वकारोक्ती थियो ।
स्थानीय तहले स्तरीय रूपमा काम गर्नको लागि केही समय कुनुुपर्ने उनको भनाइ थियो ।
उनले प्रदेश अन्तर्गत कार्यालयहरूमा जनशक्ति व्यवस्थापन, विशेष प्रविधि सहयोग लगायतका कुराहरू छिट्टै नै सरकारले गर्न लागेको बताए ।
प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीले प्रदेशकोराजधानीरहेको बुटवलमा सोको स्थायित्वका लागि महŒवपूर्ण योगदान दिएकोमा प्रसंशा व्यक्त गर्दै प्रदेश सरकारले आफनो भौतिक संरचना बनाएपछि उद्योगी व्यवसायीका संरचना फिर्ता गर्ने समेत बताए ।
अहिले भैरहेको व्यापार घाटा कम गरी प्रदेशमा औद्योेगीकीकरण, व्यापारिकण गरी योजनाहरू अगाडी बढेको बताएका थिए । प्रदेश सरकार अहिले कानुन निर्माणको प्रक्रियामारहेको भन्दै उनले १४ वटा कानुन निर्माण गरिएकोर विस्तारै विकास निर्माणको बाटोमा अगाडी बढेको धारणाराखेका थिए ।
प्रदेश उपसभामुख कृष्णी थारुले यस क्षेत्रको सबैभन्दा पुरानोर व्यवसायीहरूको छाता संस्था बुटवल उद्योग वाणिज्य संघले आफ्नो भवन प्रदेश सभालाई उपलब्ध गराएर संघियता कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रत्येक सरकारलेराजश्वलाई सफलताको आधार बनाउने परिपाटीको अन्त्य गरी उत्पादनलाई प्राथमिकतामाराख्नुपर्ने बताए । उनले निजी क्षेत्र नाफामुखी भयो भन्ने सुनिन्छ तर नाफा नभएरोजगारीरराजश्व हँुदैन, त्यो बिना देश नै चल्दैन त्यसैले नाफालाई गर्वका रूपमा लिन आग्रह गरे ।
महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले दुई तिहाईको सरकार बन्दा पनि सुशासन, शान्ति सुरक्षा सहित लगानीको वातावरण बन्न नसकेको उल्लेख गर्दै सरकारमा अर्थमन्त्री एक्लो बृहस्पती बन्नुहुने होकि भनि प्रश्न गरे ।
अर्का उपाध्यक्ष चन्द्र ढकालले श्रम ऐनर सामाजिक सुरक्षा ऐन बनेपछि व्यवसायीर मजदुर बीच सम्वन्ध सुधार भएको बताए । संघका अध्यक्ष खिम बहादुर हमाल, नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता बलदेव शर्मा, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, संघका पुर्वअध्यक्ष अर्जुनमान सैजू, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?