© २०२३
नेपाल सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले हुलाकी निर्माणलाई प्राथमिकतामाराखेको बताएका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवा जोडिएको सुठौली छोटी भंसार नाकालाई मुल भंसार नाकामा स्तरोन्नती गर्ने निर्णय अनुसार मूल भंसारको उद्घाटन गर्न जिल्ला आएका उनले सो बिचार व्यक्त गरे ।
सो अवसरमा बोल्दै मन्त्री खतिवडाले आफूले तौलिहवा बहादुरगंज जोड्ने हुलाकीराजमार्गका समस्या बारे जानकारी पाएको स्पष्ट पार्दै केहि प्रक्रियागत बिषय पुरा गरेर हुलाकी मार्ग निर्माणको कार्य अगाडि बढाइने बताए ।
नेपाल सरकारले हुलाकी मार्गको निर्माण सम्पन्न गरेर भारत सरकारसँगरकम फिर्ता लिने भएकालेरकमकै कारण निर्माणरोकिने उनले बताए ।
हुलाकी सडकलाईराजमार्ग सम्म जोडने बिगतको योजना बारे जानकारी दिदै सो योजनालाई बिस्तार गरि मध्य पहाडी लोकमार्ग सम्म सडक बिस्तारलाई निरन्तरता दिने सरकारको योजनारहेको उनले बताए । सुठौली भंसार मुल भंसारमा स्तरोन्नती भए सगै यस क्षेत्रको बिकासले फड्को मार्ने उनको टिप्पणी थियो । “कपिलवस्तु मानव बिकास सुचकाँकमा समेत कमजोड छ । हामीले कपिलवस्तुको बिकासलाई प्राथमिकतामाराखेका छौ । ” उनले भने । देश भरका १ सय ४३ छोटी भंसार मध्य सुठौली भंसार सहित ५ वटालाई मुल भंसार कायम गरिएको स्पष्ट पार्दै आवश्यक पुर्वाधार निर्माणका लागी आवश्यक पर्ने जग्गा अधिकरणमा सबैको सहयोग आवश्यकरहेको भंसार बिभागका महानिर्देशक तोयमरायमाझीले बताए । मुल भंसार सञ्चालन सगै पुर्वाधार निर्माणका लागी सहयोगका लागी उनले सबैको सरोकार बृद्धि हुनु पर्नेमा जोड दिए । भंसारको स्तारोन्नती सगै आवश्यक पुर्वाधारका लागी १० बिगहा जग्गा अधिकरण गर्न आवश्यकरहेको उनको भनाई थियो । मुल भंसारमा स्तरोन्नती भएको सुठौली भंसार मातहतमा अबरंगपुर, गौरा, दोहनीर चाकलचौडा भंसाररहने कृष्णनगर भंसार कार्यालयमा प्रमुख भंसार अधिकृत पुण्यबिक्रम खड्काले बताए । गत आर्थिक बर्षमा सुठौली भंसार नााकाबाट २५ करोड ५३ लाख ५७ हजार भंसारराजश्व संकलन भएकोमा अब भंसारराजश्वको लक्ष्य समेत बढने उनले बताए । हाल सम्म खाद्यान्न मात्रै आयात हुने गरेकोमा अब सो नाकाबाट औधोगिक सामाग्रीर कच्चा पदार्थ समेत आयात हुने उनको तर्क थियो । सुठौली भंसार नाकालाई मुल भंसारमा स्तरोन्नती गरिए सगै सदरमुकाम क्षेत्रको बिकासमा समेत टेवा मिल्ने काँग्रेस नेता तथा भारतका लागी पुर्व नेपालीराजदुत दिपकुमार उपाध्यायले बताए । सुठौली भंसार नाकालाई मुृल भंसार नाका कायम गरिएसँगै कृष्णनगर भंसार नाकालाई तेस्रो मुलुकबाट आयातर निर्यात गर्न मिल्ने नाकाको रूपमा बिकास गर्नु पर्ने संघिय सांसद अभिषेक प्रताप शाहले बताए ।
भंसारको स्तरोन्नतीसँगै हुलाकी मार्गको निर्माण तथा सिमा क्षेत्रमा ईमिग्रेसन प्वाईन्ट सञ्चालन गर्न सके बुद्धस्थल कपिलवसतुमा आउने पर्यटकको संख्यामा बृद्धि भई जिल्लाको बिकासलाई सहयोग पुग्ने संघिय सांसद बृजेश कुमार गुप्ताले बताए । यसअघि तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा तौलिहवामा अर्थमन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने अधिकांस बक्ताले अहिले करका बारेमा आएका बिभिन्न बिषयवस्तुले आफूहरूलाई अन्योलमा पारेको बताएका थिए ।