© २०२३
जिल्लाकै केही गाउँपालिकालाई विकास निर्माण गर्नका लागि बजेट अपर्याप्त भएको भन्दै संघिय सरकार र प्रदेश सरकार धाउँदै छन् । तर जिल्लाकै प्रतापपुर गाउँपालिकाले बजेट खर्च गर्नका लागि पिच सडक मै ग्राभेल गरेर बजेट भ्याउने तर्फ ध्यान रहेको छ ।
बेलाटारी बजार भएर प्रसौनी—त्रिवेणी पिच सडकमा करिब २ सय मिटरमा ग्राभेल हालेर बजेट भ्याउन लागेको स्थानियले बताएका छन् । गाउँपालिका भित्रैकै कहिँको सडक हिलाम्य छ,एक स्थानियले पिच माथि गरिएको ग्राभेल सडक देखाउँदै भने, गाउँपालिकाले यही पिच महिना दिन अगाडी माटो हाल्यो, अहिले हिलो भन्दै ग्राभेल हालेको छ । जलनिकासको उचित ब्यवस्थापन गर्नुको सट्टा पिच सडक रहेको सतह देखी नै १५ लाख खर्चेर नाली निर्माण ग¥यो । नालीले जलनिकास थुनिए पछि पिच सडकमा पानी जम्मा भयो, पानी निकाल्न भनेर माटो हाल्यो, पानीमा माटो हाल्दा पिच सडक हिलाम्य भयो । अहिले हिलो हटाउन त्यसैमाथि ग्राभेल हालेर पिच सडक विगार्यो अहिले विरोध भएपछि फेरी ग्राभेल माथि अब बेस हालेर पिच गर्ने योजना अगाडी सारेको छ ।
सडक डिभिजन कार्यालयले तिन बर्ष पहिला पुरै सडक पिच बनाएको थियो । तर सोही पिच माथि बजेट खन्याएर गाउँपालिकाले बजेट भ्याउने योजना ल्याएको हो । बजारको जल निकास मात्रै ब्यवस्था मिलाई दिएको भए कुनै समस्या थिएन् । तर गाउँपालिकाका प्राविधिक र पदाधिकारीलाई बजेट कहाँ खन्याउने भन्दै बजारमा आफूले विकास गरेर सस्तो लोकप्रियता कायम राख्न पिच माथि माटो, त्यस माथि ग्राभेल हालेर पिच विगार्ने र अहिले फेरी पिच गर्न गाउँपालिकाकै बजेट खर्च गरेर बजेटको दुरूपयोग गरिरहेको स्थानिय बताउँछन् ।
गाउँगाउँका गल्लि र मुख्य निकासका सडक कच्चि छ, त्यहाँ ग्राभेल पुगेको छैन् । तर पिच सडक विगारेर फेरी बनाउने गाउपालिकाले बजार क्षेत्रमा आफुले केही गरि रहेको देखाउनका लागि बजेट दुरूपयोग गरेको गुनासो स्थानियको रहेको छ । सडक जति अग्लो गरे पनि उचित जलनिकास भएन भने जहिले पनि सडकमा हिलो हुन्छ, यो समान्य ब्यतिmले बुझ्ने कुरा हो । तर गाउपालिकाका कस्ता प्राविधिक छन ? जो पिच माथि माटो हाल्छन् । सडक नै विग्रिएको भए सडक डिभिजनसंग पहल गरेर निर्माण गराउनु पर्ने हो । तर गाउँपालिकाकै बजेट किन दुरूपयोग गर्न लागेका होलान । गाउपालिकाको यो विकास शैली प्रति स्थानिय नै आश्चर्य चकित छन् ।
सडक खाल्टो भयो भनेर गाउपालिकाले प्रतापपुर गाउपालिका ९ मा पर्ने बेलाटारी चोक देखी दक्षिण गंगापुर जाने सडक ढल निर्माण समिति बनायो । मिना देवी बनिया अध्यक्ष रहेको उपभोतmा समिति बनाएर १५ लाख रुपियाँ उपभोतmा समिति मार्फत सडकको सतह भन्दा माथि हुने गरि नाली निर्माण गरेको छ । नाली बनाए पछि सडक स्वतः खाल्टो देखियो । त्यस पछि बर्षायाममा माटो हाल्दा हिलो भए पछि अहिले लाखौ रुपिया खर्चेर ग्राभेल हालिएको छ । सडककै अरू भाग पिच सडक अहिले पनि राम्रो अवस्थामा रहेको स्थानिय सायरा खातुनले बताईन् । गाउँपालिकाको खोजी नीति गर्ने पनि कोही नभएका कारण जे मन लागेको छ,त्यही गाउँपालिका पदाधिकारी कर्मचारीले गर्दै आएका छन् । त्यसैको परिणाम अहिले यो जिल्लास्तरीय सडक पहिला विगार्न लगाउने र पछि बनाउने नाममा बजेट खन्याउने कार्य भइरहेको छ ।
गाउँपालिकाकै धेरै गाउँका बासिन्दा हिलाम्य र कच्चि सडकमा हिड्नु पर्ने बाध्यता छ । तर पहुँच हुनेले बजेट पारेर पिच माथि नै काम गरेर बजेट पचाउने खेलमा लागेका छन् । ढल बनाईए पनि त्यसको निकास कहाँ गएर टुगिँने हो ? त्यसको पानीको निकास लगेर कहाँ फाल्ने हो ? त्यसको पनि कुनै योजना बनाईएको छ । यता पिच माथि ग्राभेल किन गरिँदै छ ? भनेर प्रतिकृयामा गाउँपालिका अध्यक्ष राज कुमार शर्माले सडकमा पानी जम्मा भएको हुदा माटो राखिएको जनाए । माटो हाले पछि झन हिलो भयो,त्यो भएर अहिले ग्राभेल हालेको हो । यही बर्ष यसलाई गाउँपालिकाकै बजेटले पुनः पिच पनि गर्ने हो, उनले भने, जनताको माग अनुसार गाउँपालिकाले यो काम गरेको हो । सडक डिभिजन अन्तरगतको सडकमा किन बजेट खर्चेको जिज्ञासामा कति दिनसम्म सडक डिभिजनको बजेट कुर्ने हो,त्यो भएर गाउँपालिकाकै बजेट हाल्न लागिएको हो ।