ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

‘शिक्षाविना अन्य विकास असम्भव’

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

गुणस्तरीय शिक्षाबीना अरु विकास असम्भव हुने प्यूठान क्षेत्र नम्वर १ का पाँच नम्वर प्रदेशसभा सदस्य हरी रिजालले बताएका छन् । विकसित देशहरुले फड्को मारेको गुणस्तरीय शिक्षाकै उपज रहेको उनले धारणा राखे । मंगलवार माण्डवी मावी नयाँगाउँ प्यूठानको ५९ औँ वार्षिकोत्सव तथा १५ औँ अभिभावक दिवसमा प्रमुख अतिथीको रुपमा बोल्दै रिजालले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सवैको सहयोग हुनुपर्ने उल्लेख गरे । ‘राज्यले नीति बनाएर मात्र हुँदैन्’,उनले भने,‘त्यसलाई कार्यन्वयन गर्न सवैको प्रयास आवश्यक पर्छ ।’ शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीहरुको सामूहिक प्रयासले मात्र शिक्षा क्षेत्रका गलत अभ्यासहरुलाई समाधान गर्न सकिने उनको भनाई छ । उनले मुलुक संघीय संरचनामा गएपछि चुनिएका जनप्रतिनिधीहरुलाई राम्रो काम गर्नतर्फ प्रेरित गर्न सवैले सुझाव दिनसमेत नागरीकहरुलाई आग्रह गरे । पछिल्लो समय स्कुलबाट पढेर घरफर्कदै गर्दा धेरै वालिकाहरु बलात्कृत हुने गरेको खवरले आफूलाई चिन्तित तुल्याएको उनले सुनाए ।

दरवन्दी अभावमा विद्यालय संचालन गर्न समस्या भोगिरहेका ठाउँमा छिट्टै वैज्ञानिक ढंगले दरवन्दी मिलान गरिने माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताएका छन् । ‘विद्यालयलाई शिक्षक अभाव हुन दिने छैनौँ’,उनले भने,‘धेरै विद्यालयहरु चन्दा संकलन गरेर चलेका छन् । यो दुःखद पक्ष हो ।’ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि पहिलो चरणमा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा इन्टरनेट र विद्युत्तिय हाजिरी जडान गरिएको उनले बताए । उनले गाउँपालिकामा माण्डवी मावीलाई नमुना विद्यालयको रुपमा अघि बढाएको समेत उल्लेख गरे ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा असल अभिभावक, पूर्व शिक्षक, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, चन्दादाता, संचारकर्मी लगाएतलाई सम्मान एवं पुरस्कृत गरेको छ । कक्षा १२ सम्म पढाइ भइरहेको यस विद्यालयमा हाल ८ सय ७२ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी गराए । एक हजार बढी विद्यार्थी पु¥याउने लक्ष्यसहित विद्यालयले प्राविधिक शिक्षातर्फको पठनपाठन समेत संचालन गर्ने प्रक्रियामा विद्यालय रहेको छ । प्रदेश पाँचकै नमुना विद्यालयको रुपमा संचालन गर्नेगरी विद्यालय व्यवस्थापन समिति लागेको अध्यक्ष जितामित्र सुनारले बताए । शिक्षासँग सम्वन्धित २३ वटा अधिकार स्थानीय सरकारमा गएकाले जनप्रतिनिधीहरुले दश जनशक्ति उत्पादन गर्नेखालको शिक्षा नीति ल्याउन शिक्षा विकास तथा सम्वन्य इकाई प्रमुख शिवराज पण्डितले सुझाव दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?