ट्रेंडिंग:

>> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो 

राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

दाङ, ०५ वैशाख ।
राप्ती साहित्य परिषद केन्द्रले यो वर्ष प्रा. डा. बाबुराम आचार्यसहित २४ जना श्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । परिषदको पुरस्कार प्रतिभा छनोट समितिका संयोजक पुरुषोत्तम खनालको संयोजकत्वमा बिहीबार बसेको बैठकले २०८१ सालको राप्ती साहित्य पुरस्कारबाट दाङका प्राध्यापक डा. आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी, २०८० सालमा प्रकाशित १८ थुङ्गा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कारबाट पुरस्कृत गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले नन्दहरि साहित्य पुरस्कारबाट दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कारबाट दाङका शशीधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले देवीचन्द्र साहित्य पुरस्कारबाट बाँकेका डा. हरिप्रसाद तिमिल्सेनालाई, अयामुकुन्द प्रज्ञा पुरस्कारबाट प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मिना पाण्डेय कला साहित्य पुरस्कारबाट दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरीराज खनाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट दाङका अभि क्षेत्री समर्पणलाई, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कारबाट बुटबलमा प्रा.डा. कपिल लामिछानेलाई, चक्रपाणि लोकेश्वरी छन्द पुरस्कारबाट दाङका कपिलकिशोर घिमिरेलाई, नित्यानन्द प्रज्ञा पुरस्कारबाट प्युठानका सुमन सुवेदीलाई, चन्द्रमधु गीत संगीत पुरस्कारबाट दाङ देउखुरीका यादवनाथ योगीलाई, ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट रोल्पाका अमर अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

श्रीबहादुर दीलमाया साहित्य पुरस्कारबाट रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई, टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट बाँकेका महानन्द ढकाललाई, जीवनचक्र साहित्य पुरस्कारबाट सल्यानका हिरालाल केसीलाई, पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मानबाट सल्यानकी बिनु बुढाथोकीलाई, ऋषि लक्ष्मी साहित्य पुरस्कारबाट पश्चिम रुकुमका खेमराज खड्कालाई, गोमादेवी स्मृति कला पुरस्कारबाट दाङकी दीपा बुढालाई र विष्णुनुमा साहित्य पुरस्कारबाट दाङका मनिष गिरी ‘ऋतु’लाई पुरस्कृत गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी बैठकले दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, अग्रज साहित्यकार मधुसुदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गर्ने भएको छ । पुरस्कृत स्रष्टाहरुको प्रतिभा परिचयका लागि राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष एवम् छनोट समिति सदस्य कमलमणि देवकोटालाई जिम्मेवारी प्रदान गरिएको छ । छनोट गरिएका सर्जक, साहित्यकार एवम् संस्थालाई पुरस्कार तथा सम्मान आगामी बैशाख १९ गते राप्ती साहित्य परिषदको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने भएको परिषद केन्द्रका अध्यक्ष डा। टीकाराम उदासीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?