ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

कपिलवस्तु — ३ वैशाख। स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार गर्ने लक्ष्यसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका र रूपन्देहीस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटबीच ऐतिहासिक सहमति भएको छ । उक्त सहमति अनुसार नेपालकै पुराना अस्पतालहरूमध्ये एक मानिने बहादुरगञ्जस्थित शिवराज अस्पतालमा अब नियमित रूपमा विशेषज्ञ चिकित्सकद्वारा सेवा सञ्चालन गरिने भएको छ ।

शिवराज अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया तथा सम्झौता आदानप्रदान कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले अब नगरवासीहरूले स्वास्थ्य सेवा पाउन अन्यत्र धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कृष्णनगर नगरपालिका स्वास्थ्य पहुँच र सेवा प्रवाहको मामिलामा अघि बढ्दैछ । अब हाम्रा नागरिकहरूले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउनेछन् ।”

चिकित्सकको अभाव, उपकरणको कमी र पूर्वाधारको अभावले गर्दा शिवराज अस्पतालको सेवा प्रभावकारी हुन सकेको थिएन । यही समस्यालाई सम्बोधन गर्न कृष्णनगर नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक–निजी साझेदारी (एएए मोडेल) मार्फत स्वास्थ्य सेवामा सुधार ल्याउने रणनीति अघि सारेको हो ।

उक्त कार्यक्रममा देवदह मेडिकल कलेज रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोपालबहादुर भण्डारीले कपिलवस्तुमा आफ्ना सेवा विस्तार गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । “हामी नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गर्दैछौं,” उहाँले भन्नुभयो, “शिवराज अस्पतालजस्तो ऐतिहासिक संस्थासँग सहकार्य गरेर गुणस्तरीय सेवा दिन पाउँदा हामी खुसी छौं ।”

भण्डारीका अनुसार, प्रारम्भिक चरणमा आन्तरिक रोग, बालरोग, स्त्रीरोग र हाडजोर्नी लगायतका विशेषज्ञ सेवा सञ्चालन गरिनेछ । भविष्यमा आवश्यकता अनुसार सेवा विस्तार गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।

यसका लागि आवश्यक मानव स्रोत, उपकरण र प्रविधि व्यवस्थापन कलेजले गर्नेछ भने पूर्वाधार व्यवस्थापनमा नगरपालिका सहयोग गर्नेछ ।

सम्झौता कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आरतीदेवी चौधरी, नगरका वडाध्यक्षहरू, प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा,स्वास्थ्य शाखा प्रमुख, बहादुरगञ्जस्थित शिवराज अस्पतालका प्रतिनिधिहरू, देवदह मेडिकल कलेजका खडक जिरेललगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो सहकार्यले स्थानीय तहमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले महिलाहरूका लागि सुरक्षित मातृ सेवा र बालस्वास्थ्य सेवा सञ्चालनमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो । “महिला तथा बालबालिकाको स्वास्थ्य संवेदनशील विषय हो । विशेषज्ञ सेवा सञ्चालनसँगै यी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेछ,” उहाँले भन्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरूले पनि नगर क्षेत्रमै गुणस्तरीय सेवा पाउने भएपछि जनतामा स्वास्थ्यप्रति विश्वास बढ्ने र स्वास्थ्य सूचकहरूमा सुधार आउने आशा व्यक्त गरे ।

शिवराज अस्पतालका प्रतिनिधिहरूले अस्पतालको ऐतिहासिक गौरव पुनः स्थापित गर्न यस्तो सहकार्य प्रेरणादायी हुने बताउँदै जनताको अपेक्षा अनुसार सेवा दिन तयार रहेको बताए । अस्पताल व्यवस्थापन समितिले आवश्यक समन्वय र सहज वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ ।

कृष्णनगर नगरपालिकाले पछिल्लो समय स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सक्रियता बढाएको छ । यसअघि पनि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम, सुरक्षित मातृत्व सेवा र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्न पहल गर्दै आएको छ ।

शिवराज अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएपछि कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रका हजारौं नागरिकले प्रत्यक्ष लाभ लिनेछन् । सीमावर्ती क्षेत्रका नागरिकहरू पनि अब सहज रूपमा उपचार सेवा पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?