ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

राप्तीको बगरमा लटरम्म तरबुजा

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

बाँके, ०५ वैशाख ।
राप्तीको बगारमा किसानहरूले तरबुजा उत्पादन गरेर मनग्य आम्दानी गरिहेका छन् । बाँकेको डुडुवा गाँउपालिका क्षेत्रमा पर्ने राप्ती बगारमा किसानहरूले असोज महिनादेखि नै तरबुजा फलाउनका लागि रातदिन मेहिनत गरेर लटरम्मा तरबुजा फलाएका छन् । उत्पादन भएको तरबुजा किसानहरूले नजिकै रहेको नेपालगञ्ज बजार र गाँउगाँउमा गएर बिक्री गर्ने गरेका छन् । तरबुजा फल्न शुरु भएपछि रातीदिन राप्तीको बगारमा बास बसेर बचाउन निकै कष्टकर रहेको राप्ती नदीको बगरमा खेती गरिरहेका किसान बाजे कोरीले बताए । उनले यो बर्ष ४ विगहा जमिनमा तरबुजा र तरकारी खेती गरेका छन् । धेरै फलेपछि नेपालगञ्ज बजारमा लगेर बिक्री गर्ने र कहिले गाउँमा त कहिले बगारमै व्यापारीहरूले किनेर लग्ने गरेको कोरी किसान कोरीले बताए । यो बर्ष तरबुजामा राम्रो फल लागेको र पाक्न पनि शुरु भएको छ, अझै बिक्री भने फट्ट फुट्ट मात्र भइरहेको छ । गत बर्ष तरकारी बहेक तरबुजामा मात्र राम्रो आम्दानी भएको थियो तर यो बर्ष हेरौँ राम्रै आम्दानी गर्ने आशमा छु, उनले भने ।

राप्ती बगारमा तरबुजा र तरकारी खेती गर्नका लागि पानी लगाउनु पर्ने समस्या आउँदैन । तरबुजा र तरकारी खेती गर्नका लागि बजारमा २ देखि ३ मिटर सम्म गहिरो खल्दो खनेर लगाउने भएकोले बरम्बार पानी लगाउनुपर्ने समस्या नरहेको किसान राम संकर वर्माले बताए । तर यहाँ बस्नका लागि बत्ती र पानीको लागि गाँउपालिका अथवा सम्बन्धित निकायले ध्यान दिए अझै राप्ती बगारका तरबुजा फस्टाउने किसान वर्माले बताए । उत्पादन भएको तरबुजा र तरकारी बिक्री गर्न खासै गह्रो हुँदैन तर रप्तीको बगारमा खेतीबाट उत्पादन भएका तरबुजा र तरकारी रातीको समयमा बचाउनको लागि रातीदिन नभनि बास बसेर चौकीदारी गर्नुपर्ने मुख्य समस्या रहेको, उनले भने राप्तीको बगार सुन फलाउने ठाउँ हो तर यहाँ चोरी पनि धेरै हुने भएकोले उत्पादन भएको सामग्री सबै हात लाग्दैन ।

रामकुमारी कोरीको बुबाले राप्ती बगारमा करिब ३ विगहा जमिनमा तरबुजा र तरकारी खेती गरेका छन् । तरबुजा उतपादन भएको समयमा तरबुजा रातीमा चोरी हुने सबै भन्दा ठूलो समस्या रहेको रामकुमारी कोरीले बताइन । तरबुजा चोरी नभएपछि अरू बर्ष आम्दानी धेरै हुन्थ्यो । यो बर्ष बिक्री शुरु भएको छैन तर फल राम्रो लागेको छ । फल राम्रो लागे पनि हात सबै लाग्दैन उत्पादन भएको समाग्री सबेै हात लागे राप्तीको बगारबाट राम्रो फाईदा लिन सक्ने उनले भने, राप्तीको बगारमा तरकारी उत्पादन धेरै मिहेनत र लगानी लाग्ने गरेको हुन्छ त फाईदा लगानी अनुसार हुँदैन । उनले भने, माटोमा भन्दा दुई गुण बढी हुन्छ र लगानी पनि कम लाग्ने गरेको हुन्छ उत्पादन पनि हुन्छ तर बगारमा बचाउनै गह्रो रहेको बताए ।राप्तीको बगारमा तरबुजा र तरकारी खेती धेरै नै उपयूक्त रहेको ठाँउ हो । तर बाटो, विद्युत र खाने पानीको सुविधा पु¥याउनु पर्ने अवश्यकता देखिन्छ ।

बजारी करण र उत्पादन भएका मालबस्तुहरूलाई गाँउपालिका र कृषि ज्ञान केन्द्रले ध्यान दिन सकेको छैन । पश्चिम तराईको ठूलो नेपालगंज बजार भएको ठाँउ हो उत्पादन भएको तरकारी तथा अन्य सामग्री नेपालगंज नै खपत हुन सक्छ तरपनि डुडुवा गाउँपालिका र कृषि ज्ञान केन्द्रले ध्यान दिन सकेको छैन । राप्तीको बगारमा उत्पादन भएका तरकारी लगायत अन्य सामग्रीमा ध्यान दिन सके भारतबाट निर्यात हुने विषालु तरकारीबाट बच्न सक्ने सम्भावना देखिन्छ । डुडुवा गाउँपालिको मल विऊ किटनाशक उपलब्ध गराएपनि बजारीकरण गराउन सकेको छैन । पालिकाबाट हरेक सजिन अनुसार किटनाशक औषधी उपलब्ध गराउँदै आएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जानकारी गराएको छ । उत्पादित तरकारीहरूलाई बजारीकरण गर्न भने सकेको छैन् । बजारीकरण गर्नका लागि योजना बनाए पनि योजना मै सीमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?