© २०२३
काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। सुनको भाउ आठ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएकाे थियाे ।
आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।विशेषज्ञहरूका अनुसार सुनको मूल्यमा आएको घटबढ अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्ति सन्तुलनसँग जोडिएको छ।