© २०२३
काठमाडौं, ५ बैशाख ।
गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् । हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजिनामा बुझाएका हुन् । तर, काम गभर्नर तिम्सिनाले भने अझै उनको राजिनामा स्विकृत गरिसकेकी छैनन् ।