© २०२३
बुटवल, ४ बैशाख । देशमा गणतन्त्रबादीहरु भन्ने नै राजतन्त्र पुर्नस्थापनाको पक्षमा वकालत गरिरहेको एक कार्यक्रमका बक्ताहरुले आरोप लगाएका छन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा भएको ‘नेपाल वर्तमान राजनैतिक संकट र समाधानको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा गणतन्त्र ल्याउन योगदान दिएका राजनीतिक दलहरु नै राजतन्त्र पुर्नस्थापनाका पक्षमा भाषण गर्दै हिड्दा देशमा राजनीतिक संकटको अवस्था आएको उनीहरुको दाबी छ ।
कार्यक्रममा कमरेड गौरवले कार्यपत्र प्रस्तुत गर्दै संघिय लोकतन्त्रिक ब्यवस्थाको विकल्प राजतन्त्र नभई संघिय जनगणतन्त्र भएको दाबी गरे । विश्व र नेपालको कम्युनिष्ट आन्दोलन, राजतन्त्रको अन्त्य, गणतन्त्र र वर्तमान अवस्थामा आईपुग्दाको अवस्थाबारे उनले कार्यपत्रमा प्रकाश पारे । कम्युनिस्टहरुले भन्ने गरेको समाजबादमा नीजि सम्पत्ति माथिको स्वामित्वलाई राष्ट्रियकरण गरिने भन्दै उनले यही समाजबाद हुदै विश्व साम्यबादमा पुग्न सकिने बताए । नेपालको अहिलेको समाजबाद उन्मुख ब्यवस्थाले भने यो नगर्ने भन्दै नेपाली जनताहरु एकपटक आन्दोलनमा उत्रनु आवश्यक रहेको दाबी गरे । देशमा संघिय जनगणतन्त्र स्थापना गर्न क्रान्तिकारी शक्तिहरुका बिचमा एकता अनिवार्य भएको भन्दै उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नेतृत्वमा ध्रुविकरणलाई अझ तिब्र र ब्यापक बनाउन जरुरी औल्याए ।
कार्यक्रममा टिप्पणीकार लिला बहादुर केसीले विश्व कम्युनिष्ट आन्दोलनको शिक्षालाई आत्मसात गर्दै राजनीतिक परिवर्तन आउन ढिलाई हुनु स्वाभाविक भएको बताए । पछिल्लोसमय आम नागरिकमा पार्टीप्रतिको वितृष्णा बढेको भन्दै उनले यसैको कारण जनसम्बन्धका कार्यक्रमलाई अझ शसक्त रुपमा अघि बढाउन जरुरी सुझाव दिए । देशमा एउटै गन्त्बय बोकेका कम्युनिष्ट पार्टीहरुमा विभाजन आउदा अन्यौलता आएको उनले बताए । वैज्ञानिक समाजबाद अन्तिम गन्त्व्य भएको दाबी गर्दै उनले यस विषयमा सबै कम्युनिष्ट पार्टीहरुको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा टिप्पणीकार अधिवक्ता तेजप्रसाद कंडेलले कार्यक्रम र शब्दमा मात्र छलफल गरेर नपुग्ने भन्दै क्रान्तिकारी कम्युनिष्ट बिचार अरुलाई बुझाउनुपर्ने बताए । राजाबादीहरु किन उत्पादन भए, आत्मसात गर्नुपर्ने समय आएको भन्दै उनले नेपालका गणतन्त्र ल्याउने पार्टी नै अहिलेको राजतन्त्रको नारा लगाउनेहरुको उत्पादक भएको बताए । यीनै दलका कारण देशमा राजनितिक संकट उत्पन्न भएको उनले बताए । देशका केवल केही ठुला पार्टीहरुलाई मात्र होईन सबै पार्टीहरु आफनो गल्ती कमजोरीको बारेमा आत्मसमिक्षा गर्न जरुरी रहेको उनले बताए । अब फेरि आदिम समाजबादमा जान सकिने अवस्था नरहेको भन्दै नया राजनीतिक परिवर्तनको बाटोमा अघि बढ्न जरुरी रहने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रिय पोलिब्युरो सदस्य प्रेम सुवेदीले देशको राजनीतिक जटिलतालाई समाधानको बाटो खोज्न जरुरी रहेको भन्दै क्रान्तिकारी शक्तिहरु बिच एकता आजको अपरिर्हयता भएको बताए ।