© २०२३
बुटवल, ५ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले शुक्रबार बिहान ७ बजे बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
’स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा बिहान ७ बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।
गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कफ्र्यू आदेश जारी गरेको थियो । पछि कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो।