© २०२३
सुर्खेत, ५ बैशाख ।
बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोली चलाएको आरोप लागेको हाे । नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको ब्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको व्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ । चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो विदाईमा पडका पडकाएको बताए । पडका र हतियार पडकाएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन् ।