© २०२३
गुल्मी, ०५ बैशाख ।
गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि दोस्रो गुल्मी महोत्सव– सञ्चालन हुन लागेको छ । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा यही वैशाख –५ देखि वैशाख १७ गतेसम्म दोस्रो कृषि, पर्यटन, ब्यापार एवम् औद्योगिक मेला सञ्चालन गर्न लागिएको हो । शुक्रबारदेखि सदरमुकाम तम्घासमा स्थीत कारागार नजिकै रहेको नुनथलामा सञ्चालन गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिएका छन । ‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र ब्यापार’ भन्ने नाराका साथ जिल्लामा कृषि, पर्यटन एवं व्यापार मेलाको आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताए ।
महोत्सबमा डेढ लाख दर्शकहरूले अवलोकन गर्ने र ३० करोड बराबराको आर्थिक कारोवारहुने अपेक्षा गरिएको छ । पछिल्लो समयमा जिल्लामा आर्थिक गतिविधि न्यून हुँदै गईरहेको अबस्थामा बजार चलायमान बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको गुल्मी चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताएका छन । दुइ सातासम्म सञ्चालनहुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, स्थानीय लोक संस्कृतिहरूको प्रर्दशनी, रैथाने खानाका परिकारहरूका साथै जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको प्रचार प्रशार समितिका संयोजक प्रेम घिमिरेले बताए ।
महोत्सवका कृषि तथा घरेलु उत्पादनको लागि निशुल्क रूपमा स्टलहरूको व्यावस्थापन गरिएको छ । संस्थाले कारागार नजिकै स्थानीहरूको दश रोपनी जग्गा भाडामा लिएर महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई प्रभावकारी बनाउन सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल व्यवस्थापन, घरेलु हस्तकला लगायतका कामको संयोजनका लागि १७ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा थव टेवा पुग्ने बताईएको छ ।