ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

तपाईँको जीवनको लक्ष्य के हो !

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

यो संसारमा कसैलाई केही चीजको अनुभव छ त कसैलाई कुनै चीजको अनुभव छ । कोहीसँग प्रेमको अनुभव छ भने कसैसँग क्रोधको अनुभव हुन्छ । कसैलाई सुखको अनुभव छ त कसैलाई दुःखको अनुभव छ । तथापि, हामीले यी जति पनि चीजको अनुभव गर्छौँ, यिनका अतिरिक्त जीवनमा अनुभव गर्नुपर्ने एउटा अर्को चीज पनि छ र त्यो चीज हो– शान्ति । तपाईँलाई प्राप्त भएको यो जीवनलाई सफल तुल्याउनु भएको छ त ! के तपाईँले आफुले आफुलाई चिन्न सक्नुभयो ! यो संसारमा जे भइरहेको छ, त्यसलाई म सही वा गलत हो भनेर भनिरहेको छैन । म व्यापार गर्नु हुँदैन भनिरहेको छैन । तपाईँले कुनै पनि चिन्ता गर्नु हुँदैन भनेर म भनिरहेको छैन । मेरो भनाइको अर्थ त पहिला आफुले आफुलाई चिन्नुहोस्, आफुले आफुलाई पहिचान गर्नुहोस् भन्ने हो । तपाईँको पहिलो सम्बन्ध आफुसँग नै हुनुपर्छ ।

उदाहरणका रूपमा हेरौँ– तपाईँसँग ‘एक’ र दुईवटा ‘शून्य’ छन् । यदि एकलाई तपाईँले दुईवटा शून्यका पछाडि राखिदिनुभयो भने पनि त्यसको मूल्य ‘एक’ नै हुन्छ । ठीक विपरीत यदि एकलाई तपाईँले दुईवटा शून्यभन्दा अगाडि राखिदिनुभयो भने त्यसको मूल्य हुन्छ– सय । यदि तपाईँ सय बनाउन चाहनुहुन्छ भने ‘एक’ लाई पहिला राख्नुहोस् । अनि, एक तपाईँ हुनुहुन्छ र यो संसार शून्य हो । जबसम्म तपाईँ हुनुहुन्छ तबसम्म तपाईँभित्र यो श्वास छ । त्यस अवस्थासम्म त यो शरीरको कुनै न कुनै मूल्य रहन सक्छ । यदि ‘एक’ निस्केर गयो भने ‘शून्य’ त रहनेछ तर त्यसको कुनै पनि मूल्य रहँदैन ।
तसर्थ यो बुझ्नुपर्ने कुरा हो किनभने समय त बितिरहेको छ । यो समयरूपी एउटा राम्रो माटो छ अनि तपाईँ हुनुहुन्छ– कुमाले । यदि तपाईँले चाहनुभयो भने यो मुछिएको हिलो माटोलाई तपाईँ माटाको भाँडोका रूपमा रूपान्तरण गर्न सक्नुहुन्छ । तथापि, त्यही चीज यदि हिलोका रूपमा मात्रै रह्यो भने त्यसको कुनै आफ्नो अस्तित्व हुँदैन । त्यही हिलो माटो कुमालेको हातमा परेपछि कुमालेले आफ्नो कलाकौशलद्वारा कुनै यस्तो चीजमा रूपान्तरण गरिदिन्छ जुन कतै न कतै प्रयोगयोग्य वस्तु बन्छ । हामी जीवनमा के कुरा बुझ्दैनौँ भने हामी त्यो हिलो माटोबाट केही चीज बनाउन सक्छौँ । त्यसबाट हामी केही निर्माण गर्न सक्छौँ । यदि त्यसबाट काम लाग्ने चीज बनायौँ भने त त्यो पनि उपयोगी वस्तु बन्नेछ । हरेक क्षण जुन हामीलाई प्राप्त भइरहेको छ अनि गुमिरहेको छ– यो त्यही माटो समान छ । यदि त्यसलाई केही गरेनौँ भने माटो त माटो नै रहनेछ । अनि, यही माटोमा तपाईँले एकदिन मिसिनु छ । यदि यसलाई केही गर्नुभयो भने यो माटो मात्रै रहनेछैन ।

यसबाट कुनै राम्रो वस्तु बन्नेछ । कुनै राम्रो चीज बन्नेछ अनि त्यो राम्रो चीज के बनाउने हो, यो तपाईँमाथि निर्भर रहन्छ । हरेक क्षण जुन तपाईँका साथमा आइरहेको छ अनि गइरहेको छ– यसमा तपाईँ केही गर्न सक्नुहुन्छ । यसका बारेमा बुझ्नुपर्ने आवश्यकता छ । तथापि, मानिसलाई यी कुरा बुझ्नका लागि भने समय नै रहेन । मानिसले त यस्तो यस्तो चीज बनाइदियो त्यसैमा ऊ अल्झिरहेको छ । यो कुरा तपाईँमा नै निर्भर रहन्छ– तपाईँ के गर्न चाहनुहुन्छ ! आफ्ना लागि, आफ्नो यो जीवनका लागि केही गर्न चाहनुहुन्छ या चाहनुहुन्न ! के तपाईँले कहिल्यै आफ्ना लागि सोच्नुभएको छ ! यो जीवनमा जबदेखि तपाईँ आउनुभएको छ अनि जब तपाईँले जानुपर्ने समय आउनेछ– जुन उद्देश्यलाई तपाईँले पूरा गर्न सक्नुहुन्थ्यो के त्यो लक्ष्यलाई पूरा गर्नुभयो ? के यो हृदयरूपी भाँडोलाई आभारले भर्नुभयो ? शान्तिले भरिपूर्ण भयो त ? तर, के गर्नुपर्छ र के गर्नु हुँदैन, यो तपाईँमाथि नै निर्भर रहन्छ ।

तपाईँको जीवनमा पहिलो कुरा के हो ? ‘तपाईँ’ कि यो संसार ! ‘तपाईँ’ भन्नुको अर्थ के हो भने तपाईँको हृदयमा केही चीज विद्यमान छ । के तपाईँले त्यसलाई चिन्नुभयो या चिन्नुभएन ! त्यो तपाईँकै अंश हो– जबसम्म तपाईँ जीवित रहनुहुन्छ तबसम्म त्यो पनि तपाईँको अंश हो । त्यो तपाईँभित्र रहेको छ । तपाईँको हृदयमा विराजमान छ । तसर्थ पहिला ‘तपाईँ’ हुनुहुन्छ कि यो संसार ! अब कतिपय मानिसहरूलाई ‘तपाईँले एकदिन जानुपर्ने छ’ भन्नुभयो भने यस कुरालाई उहाँहरूले स्वीकार गर्नुहुन्न । मानिसहरू त यही नै भन्छन्– ‘मस्ती गर, यसो गर, त्यसो गर, त्यहाँ जाऊ’ गर्दागर्दै बुढेसकाल लाग्छ । अनि, जब वृद्धावस्था सुरु हुन्छ तब मानिसलाई चिन्ता लाग्न थाल्छ– ‘अहो ! साँच्चै मैले त जानुपर्छ !’ जति पनि तपाईँका नातागोता छन्, यहाँबाट जानुभएपछि तपाईँले तिनलाई फेरि कहिल्यै देख्न पाउनुहुनेछैन । यसर्थ जोसँग प्रेम गर्नुछ तिनलाई जति गर्नुपर्छ त्यति नै प्रेमभाव प्रदर्शन गर्नुहोस् किनभने यो मौका फेरि पाइँदैन ।

जुन सफलता प्राप्तिका लागि तपाईँ प्रयासरत हुनुहुन्छ, जुन प्रगतिको भ¥याङमा तपाईँ चढ्न चाहनुहुन्छ– तपाईँभन्दा पहिला कति हजारौँ, लाखौँ मानिसले यो मिहिनेत गरिसकेका छन् । त्यसमध्ये धेरै माथिसम्म पनि पुगे अनि चिप्लिएर तल खसे पनि । सफलताको सोपानमा चढ्नलाई मानिसले कोसिस गरिरहेकै छन् अनि निकै टाढासम्म पनि पुगेका हुन्छन् । तथापि, खुट्किलाको दूरी यति फराकिलो छ जसमा खुट्टाले भेट्नै सक्दैन । त्यसपछि मानिस खसेर तल झर्छ । फेरि कोसिस गरिरहन्छ तर त्यो प्रयासका कारणले तपाईँको समय खेर जानुपूर्व नै केही गर्नुहोस् । भित्रको जुन सफलता छ, जुन तपाईँको आफ्नो वास्तविक सफलता छ त्यसलाई पूरा गर्नुहोस् । आफुले आफुलाई बुझ्नुहोस् । यो शरीररूपी माटोलाई माटो मात्रै हुन नदिनुहोस् । यो हिलोलाई हिलै बनाएर नराख्नुहोस् । यसबाट केही आकृति प्रदान गर्नुहोस् । चाहे जतिसुकै निस्पट्ट अँध्यारो होओस् तर एउटा बलेको सानो दियोले त्यस अन्धकारलाई नष्ट पारिदिन्छ । तपाईँभित्रका सृष्टिकर्ताद्वारा प्रदान गरिएको शक्ति पनि एउटा बलेको दियो हो । तपाईँभित्र त्यो बलिरहेको दियो हुन्जेलसम्म तपाईँमा अन्धकार नजिक आउन सक्दैन । तपाईँको वास्तविक सफलता त्यो भ¥याङमा छैन । तपाईँको सफलता त तपाईँको हृदयमा बलिरहेको दियोमाथि निर्भर रहन्छ । किनभने, त्यसमा एउटा शक्ति छ जसले त्यो अन्धकारलाई रोक्ने क्षमता राख्छ । यसर्थ तपाईँको सफलताको सम्बन्ध त्यो भ¥याङका खुट्किला चढ्नुसँग होइन । तपाईँको सफलता त त्यो हृदयरूपी भाँडोमा तपाईँले आनन्दलाई भरेपछि प्राप्त हुने हो । त्यसपछि तपाईँले सफलता प्राप्त गर्नुहुनेछ ।
मानिस हुनुको नाताले नै हामी एक हिसाबमा कति धेरै भाग्यशाली छौँ अनि अर्कोतिर हामीले धेरै दुःखलाई सहन गर्नुपर्ने हुन्छ । के हामी भाग्यशाली छौँ या यो दुःखले भरिएका छौँ त ! दुःख त यसकारण हुन्छ किनकि हामीले आफ्नो भाग्यलाई, आपूmले आपूmलाई चिन्दैनौँ । हामीले कति अमूल्य चीजलाई प्राप्त गरेका छौँ । हामीले हाम्रो काम गर्ने क्रममा अर्थात् अहिले जे गरिरहेका भए पनि त्यो भाग्यरूपी ‘एक’ लाई कहाँ राखेका छौँ ? त्यो भाग्य भनेको यही नै हो । यदि हामीले त्यो ‘एक’ लाई पहिला राखेपछि मात्रै शून्यलाई थप्यौँ भने सबै कुरा राम्रो भइरहेको हुन्छ । यसका विपरीत पछिल्तिर राखिरहेका छौँ भने त शून्य ‘शून्य’ नै रहन्छ । सफलता त के हो भने यो ‘एक’ लाई पहिला राख्नुहोस् । आपूmले आपूmलाई चिन्नुहोस् अनि आफ्नो भाँडोलाई त्यस आनन्दद्वारा भर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?