© २०२३
जितपर, ०३ बैशाख । चिल्ड्रन्ज प्याराडाइस माध्यमिक विद्यालय, बोडगाउँ कपिलवस्तु र देवदह मेडिकल कलेज, रुपन्देहीबीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको औषधी उपचार सेवामा विशेष छुट र यातायात सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ ।
सम्झौताअनुसार, विद्यालयसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई देवदह मेडिकल कलेजमा औषधी उपचारका विभिन्न शिर्षकहरूमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, विद्यालयदेखि मेडिकल कलेजसम्म नियमित बस सेवा समेत सञ्चालन गरिने भएको छ ।
मंगलबार अस्पताल कार्यालयमा उक्त सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल माधव बेल्बासे र देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै, प्रत्येक दुई महिनामा विद्यालयमा विभिन्न स्वास्थ्य सेवाका शिविरहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
विद्यालयका प्रवन्ध निर्देशक विष्णु अर्यालले समझदारीको जानकारी दिँदै यसले विद्यालय परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।