© २०२३
नीतिमा भन्ने गर्छन सबै बच्चा समान,
हामी जस्ता दुःखिलाई गर्छन दमन’
‘पढ्न पाउने अधिकार रातो वुकमा लेखाउँछन्,
पढ्छु भन्दा साहुले मलाई आँखा देखाउँछन्’
माथि उल्लेख गरिएका ई स्लोगनहरू शुक्रवार सदरमुकाम तम्घासमा अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आदर्श विद्याश्रमका बालबालिकाहरूले प्रस्तुत गरेका हुन् । जिल्लावाल संगठन र जिल्ला बालकल्याण समितिको संयुक्त आयोजनामा संचालन गरिएको माध्यमिक विद्यालय स्तरीय तीज गीत प्रतियोगितामा बालबालिकाहरूले खुलेर बालअधिकारका विषयमा गीत, नृत्य र कमेडीको माध्यमबाट आफ्ना अधिकार र समस्याका बारेमा गीत गाए ।
उनीहरूले सबै नेपालीहरू खुसी रहुन् र देशपनि सम्वृद्ध बनोस् भन्ने कामना व्यक्त गर्दै आफूहरूको पढ्न पाउने अधिकार रातो किताबमा मात्र सिमित बनेको भन्दै अझै पनि धेरै बालबालिकाहरू पढ्न पाउने अधिकारबाट बञ्चित बन्न पुगेको पीडाका भावहरूलाई गीत मार्फत प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको बीचबीचमाआफ्नावावु आमाले छोराछोरीहरूलाई विद्यालय नपठाई काममा लगाएको र ठूलावडाहरूले पैसाको लोभ देखाई कामगर्ने वहानामा उनीहरूलाई वाल श्रमिक वनाएर काममा लगाएको जस्ता विषयहरूलाई ठट्यौलीपारामा कुराकानीको माध्यमवाट प्रस्तुतीहरू देखाउँदा कार्यक्रममा सहभागिहरूको ध्यान उनीहरूको प्रस्तुतिमा झुम्मीएको देखिन्थ्यो ।
‘वालअधिकार भन्ने कुरा कागजमै सिमित’
जाग्नुपर्छ सबै जना यसको निमित्त’
‘हाम्रो देशमा दिनदिनै वाल अधिकार हनन् भैरहेको
यति हुँदा सरकारले के हेरेर बसिराको’
प्रतियोगितामा सहभागि वुद्ध माध्यमिक विद्यालयका छात्रछात्राहरूले पनि वाल अधिकारका विषयमा सबै जना सचेत हुनु पर्ने भन्दै गीतको माध्यमवाट दिनानुदिन बालअधिकार हनन्का घटनाहरू वढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए । उनीहरूले वालअधिकारको विषयमा चर्काचर्का भाषण गर्नेहरूका घरमा नै वालश्रमको शोषण गरिरहेको भन्दै, उनीहरूले वालवालीकाहरूलाई कुनै पनि अधिकारवाट वञ्चित गर्न नहुने बताएका छन् ।
विद्यालय नगएका र विद्यालय सम्म पहुँच नपुेका बालवालीकाहरूलाई विद्यालय गएर पढ्नका लागि प्रेरित गर्दै उनीहरूले लक्ष्य ठूलो लिएर भोलीको देशको बागडोर सम्हाल्ने हिम्मत साथ अघि बढ्न समेत आफ्ना साथीहरूलाई आग्रह गरेका थिए ।
‘सुखि नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ भन्ने मूला नारा सहित अन्तर्राष्ट्रिय वालदिवशको अवशरमा तम्घास स्थीत वालमन्दिरमा जिल्लावाल संगठन र जिल्ला वालकल्याण समितिद्वारा वालअधिकार विषयमा यसरी माध्यमिक विद्यालय स्तरीय तिजगीत प्रतियोगिताको आयोजना गरिएको वाल संगठनका अध्यक्ष नन्दराम भुसालले बताए । प्रतियोगितामा आदर्श विद्याश्रम प्रथम र वुद्ध माध्यमिक विद्यालय दोश्रो बनेका छन् ।