ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कार्यविधि र कर्मचारी अभावमा कार्यान्वयन भएन बजेट

२९ भाद्र २०७५, शुक्रबार
२९ भाद्र २०७५, शुक्रबार

प्रदेश नं.५ सरकारले गत असार १ गते आर्थिक बर्ष २०७५/०७६ को बजेट सार्वजनिक ग¥यो । बजेट असार महिनामा सार्वजनिक भएपछि सोही महिनादेखि नै विभिन्न विकासका कार्यहरू धमाधम अगाडि बढ्ने स्थानीयहरूले अपेक्षा गरेका थिए । मन्त्रालयगत रूपमा प्रदेश सरकारले रातो पुस्तिका (बजेट पुस्तक) समेत सार्वजनिक गरेको छ । तर बजेट शिर्षकअनुसारको काम बजेट आएको ३ महिना बित्दा समेत अगाडि बढ्न सकेको छैन । प्रदेश सरकारले २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको थियो ।
बजेटमा कृषि, पर्यटन, उद्योग, तथा पूर्वाधार स्वास्थ्य विकासलाई प्राथमिकता दिएको बजेटमा आधाभन्दा बढि बजेट साझेदारी, उपभोक्ता समिति, समूह तथा सहकारी, संघ–संस्था मार्फत गरिने उल्लेख छ । तर कुन बजेट कसरी के आधारमा कति प्रतिशतको आधारमा गर्ने भन्ने स्पष्ट कार्यविधि अझै पनि मन्त्रालयहरूले बनाउन सकेका छैनन् । केही जनचेतानमुलक ‘कार्यक्रमहरू’ मातहतका मन्त्रालयहरूले गरे पनि अन्य काम अगाडि बढ्न नसकेको हो ।
प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कर्मचारीहरू नै नआएको कारण कार्यविधि निर्माण लगायतका अन्य कामहरू प्रभावित भएको बताउँछन् । असार महिनामा नै फुलफेजमा कर्मचारी आउने र सोही अनुसार काम अगाडी बढ्ने अपेक्षा गरिएको सोही अनुसार हुन नसक्दा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ रहेको छ । बुटवल टुडे संग मन्त्री चौधरीले भने–‘कर्मचारी संरचना समयमा नै फुलफेजमा नआएको कारण समस्या सबै मन्त्रालयमा रहेको छ, काम समयमा नै पुरा नहुने चिन्ता बढेको छ । ’ । आफू मातहतको मन्त्रालयको सिंचाई महाशाखा अन्तर्गतका कार्मचारीहरू अहिले बल्ल आउँदै गरेको मन्त्री चौधरीको भनाई रहेको छ । उनी भन्छन्–‘केही कर्मचारी आएका छन्, ईन्जिनियरहरू अझै आएका छैनन्, कतिबेला पठाउने हो टुङ्गो छैन ।
कर्मचारीहरू नै नभएपछि के कसरी सर्भे गर्ने, कसरी काम अगाडी बढाउने अन्यौलता रहेको छ ।’ मन्त्री चौधरीका अनुसार भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण महाशाखाका कर्मचारीहरू अझै आएका छैनन् भने सडक निर्माण महाशाखाको पनि सोही अवस्था छ । प्रदेश सरकारले बजेटमा व्यवस्था गरे अनुसारको ‘प्रदेशलाई नमुना बनाउने’ योजनामा केही ढिलाई हुन सक्नेमा आफु चिन्तीत बनेको मन्त्री चौधरीको भनाई रहेको । संघीय सरकारबाट ५ नम्बर प्रदेशले वित्तीय समानीकरणमा ६ अर्ब ८६ करोड र सःशर्त अनुदानको ९ अर्ब ६७ करोड गरी १६ अर्ब ५४ करोड बजेट संघीय सरकारबाट पाएको थियो ।
अन्य मन्त्रालयमा पनि सोही किसीमको समस्या रहेको भन्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले कर्मचारीहरू समयमा नै पुरा दरबन्दी अनुसार प्रदेश मातहतमा नआएको कारण समस्या भएको बताएका हुन ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा अहिले जिल्ला जिल्लामा कृषि ज्ञान केन्द्र समेत स्थापना गर्ने क्रम जारी रहेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारका योजनाहरू ज्ञान केन्द्र मार्फत अगाडी बढ्ने र यसमा खास समस्या नभएको बताएका छन् ।
यता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का लेखा अधिकृत लक्ष्मण पौडेलका अनुसार साझेदारीमा विभिन्न कृषि समुह, सहकारी तथा संघ संस्थाहरूले गर्ने कार्यक्रमको स्पष्ट कार्यविधि नै नआएको कारण बजेट कार्यान्वयन(खर्च) मा समस्या भएको बताउँछन् । उनी भन्छन्–‘यो शिर्षकको बजेट यसरी सञ्चालन गरिने छ भनेर कार्यविधि आएमा कुनै समस्या छैन ।’ बजेट आएको महिना देखि नै धमाधम कार्यहरू अगाडी बढ्नुपर्नेमा तिन महिना करिव वित्दा समेत कार्यान्वयनमा ठोस प्रगति देखिएको छैन । अवको ९ महिनामा प्रदेश सरकारको बजेट पुर्णरूपमा खर्च हुनेमा आशंका पैदा भएको छ । पुरानो व्यवस्था अनुसार केन्द्र सरकारले विनियोजन गरेको बजेट सक्नकै लागि आर्थिक बर्षको अन्तिम समयमा धमाधम काम गर्ने प्रवृत्ती प्रदेश सरकारमा पनि देखिन सक्नेमा समयमा नै सजग हुनुपर्ने सरोकारवालाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?