ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गाउँपालिकामै छैन कक्षा ११ पढ्ने स्कुल !

२० असार २०७५, बुधबार
२० असार २०७५, बुधबार

बुटवल प्रदेश नं. ५ को राजधानी रहेको जिल्ला रुपन्देही शिक्षामा हब रुपमा चिनिन्छ । यहाँका विद्यालयको नतिजा पनि राष्ट्यि प्रतिस्प्रर्धामा आउने गर्दछ । तर जिल्लामा रहेको एक गाउँपालिकामा कक्षा ११ पढ्ने विद्यालयको संख्या शुन्य छ । जहाँका बालबालिकाहरु एसइइको पढाइ सकेपछि कक्षा ११ पढ्ने अर्को गाउँपालिकाका विद्यालय जानुपर्ने बाध्यता छ ।
जिल्लाको ओमसतिया गाउँपालिकामा सामुदायिक १६, संस्थागत १६ र धार्मिक ४ गरी ३६ विद्यालय छन् । तर ति विद्यालयले संचालन गर्ने सबैभन्दा माथिल्लो कक्षा भनेको कक्षा १० हो । जिल्लामा १६ वटा स्थानीय तह रहेकोमा अहिलेसम्म ११ र १२ को पठन पाठन नहुने विद्यालय नभएको जिल्लामै यस मात्र गाउँपालिका हो ।
शिक्षा शाखा प्रमुख हरि पोख्रेलले गाउँपालिकामा सामुदायिकतर्फ ठुटेपिपल मावि, ठुटेपिपल, जनजागृती मावि, करवानी र छोटकीरामनगर मावि, छोटकीरामनगर गरी तीन विद्यालय भएको बताए । उनका अनुसार संस्थागततर्फ मिनर्वा बोडिगं स्कुल, लखनचोक, सनलाइट बोडिग स्कुल, कटैया, गौतमबुद्ध इ बो स्कुल, ठूटेपिपल र न्यू मुन एकेडेमी, पडषरी गरी चार विद्यालय रहेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई, रुपन्देहीका अनुसार उक्त गाउँपालिकाका कक्षा १–१० संचालन भएका कक्षामा ४ हजार ७ सय २७ विद्यार्थी रहेकामा सामुदायिकतर्फ ३ हजार १ सय ३६, संस्थागत तर्फ १ हजार ४ सय ३९ र धार्मिक विद्यालयमा १ सय ५२ विद्यार्थी छन् । जिल्लामा कक्षा ११ र १२ का लागि राहत अनुदान र दरबन्दी शिक्षा गरी १ सय ६ जना शिक्षक रहेकामा यस गाउँपालिकामा उक्त कक्षा संचालन गर्ने सामुदायिक विद्यालय नभएका कारण शिक्षक दरबन्दी समेत छैन । साविकको पडषरीका २ वटा वडा, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली, छोटकीरामनगर गाविस मिलाएर ओमसतिया गाउँपालिका बनेको छ ।
गाउँपालिकाका प्रमुख हिरा केवटले यो बर्षदेखि कक्षा १० सम्म संचालनमा रहेको तीन विद्यालयमा कक्षा ११ को पठन पाठन शुरु गरिने बताए । गाउँपालिकामा यस खालको विद्यालय नभएपछि गाउँपालिकाले विद्यालय संचालनका लागि बजेटको व्यवस्था प्रस्ताव गरेको जानकारी दिए । उनले कक्षा १० सम्म संचालनमा रहेका सामुदायिकतर्फ ठुटेपिपल मावि, ठुटेपिपल, जनजागृती मावि, करवानी र छोटकीरामनगर मावि, छोटकीरामनगरमा कक्षा ११ को पठन पाठन शुरु गर्ने बताए । गाउँपालिकाको प्रतिष्ठाको बिषय भएको हुदा हामी कक्षा ११ गाउँपालिका भित्रै पढ्ने वातावरण बनाउने बताए । कक्षा संचालनका लागि प्रक्रिया पूरा भएको छ उनले १० भन्दा माथि विद्यार्थी भए पठन पाठन गछौं । तर मंगलबारसम्म ति विद्यालयले भर्ना प्रक्रिया शुरु गरेका छैनन् ।
उक्त गाउँपालिकाभित्र नीजि स्तरमा स्नातकोत्तर तहको एमपिजिडी, बिएचएम, बिबिए कक्षा चल्ने बुटवल मोडेल कलेज पनि छ । प्रदेश नं. ५ को सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट बक्तव्यमा प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयको पहुँच पुर्याउने उद्देश्य अनुरुप आवश्यकता पहिचान गरी सोही अनुरुप क्रमशः यस्ता शिक्षालयहरु स्थापना गर्ने नीति लिने भनेको छ ।
सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै नेपाली वा मातृभाषामा पढाई हुने विषय बाहेक अरु सबै विषयहरुको क्रमशः अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाइने र कक्षा ४ देखि नै कम्प्युटर शिक्षा अनिवार्य रुपमा लागु गर्दै जान स्थानीय सरकारलाई सहयोग प्रदान गरिनेछ ।

माध्यमिक तहको कक्षा १० सम्म संचालनमा रहेको विद्यालयमा यस बर्षदेखि कक्षा ११ संचालन गर्ने तयारी गरेका छौं । गाउँपालिकामा यस खालको विद्यालय नभएपछि गाउँपालिकाले विद्यालय संचालनका लागि बजेटको प्रस्ताव गरेका छौं ।
हिरा केवट
प्रमुख, ओमसतिया गाउँपालिका, रुपन्देही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?