© २०२३
नेपालगञ्ज कारागारमा बिदेशी कैदी/बन्दीको संख्या बढ्दै गएको छ । बिदेशी नागरिकले नेपालगञ्जलाई ‘ट्रान्जिट’ बनाएर अपराधिक घटना घटाउने क्रम बढेको कारागारमा रहेका उनीहरूको संख्याले देखाएको छ ।
नेपालगन्ज कारागार बाँकेका नायब सुब्बा श्याम लामिछानेका अनुसार भदौ २४ गतेसम्म कारागारमा ५३ जना बिदेशी कैदी÷बन्दी बिभिन्न मुद्दामा सजाय काटिरहेका छन् । ‘मानवबेचबिखन र लागूऔषध कारोवार मुद्दामा उनीहरू माथि मुद्दा चलेको छ ।’ लामिछानेले भने,—‘बिदेशी नागरिकमा केही बंगलादेशी छन् भने अधिकांस भारतीय छन् ।’ लामिछानेका अनुसार, बिदेशी नागरिकमा २२ थुनुवा र ३१ जना बन्दी रहेका छन् । तीनै मध्ये एक जना महिला रहेकी छन् ।
‘नेपालगन्जलाई ट्रान्जिट बनाएर लागूऔषधका गतिबिधि बढ्दै गएको छ ।’ प्रहरी स्रोतले भन्यो,—‘त्यसमा नेपाली नागरिक र भारतीय नागरिक धेरै संलग्न छन् । त्यही भएर लागूऔषधको मुद्दामा भारतीयको संग्लनता धेरै देखिएको हो ।’ भारतबाट नेपालगन्जमा ट्याब्लेट, सिरिन्ज जस्ता लागूऔषध भित्रिन्छ भने नेपालगञ्जबाट पहाडी जिल्लाबाट ल्याईएको चरेश भारत जाने गरेको पाइएको छ । साविकको मध्यपश्चिमको पहाडी जिल्ला रोल्पा, रुकुममा उत्पादन भएको गाँजालाई चरेश बनाएर बाँकेका बिभिन्न ठाउँमा ‘स्टक’ गरेर भरिया मार्फत भारत पु¥याउने गरिन्छ । लागूऔषध कारोबारमा मुद्दा चलाइएका अधिकांस क्यारिएर हुन् ।
उनीहरू लागूऔषध कारोवारीबाट सिमामा लागूऔषध कारोवार ओसारपसार गर्न प्रयोग हुन्छन् । प्रहरीले पक्राउ गरेका मध्ये अधिकांस तिनै भरिया हुने गरेका छन् । थोरै पैसाको प्रलोभनमा परेर लागूऔषध ओसारपसार गर्दै आएकाहरू जेलसम्म पुग्छन् । लागूऔषध कारोवार बढ्दै गएपछि प्रहरीले सतर्कता अपनाएको वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज नारायण डाँगीले बताए । उनले भने,—‘दुव्र्यसनको समस्याबाट युवायुवतीलाई जोगाउनका लागि प्रचारात्मक र कारवाहीको बिषयलाई प्राथमिकता दिएका छौं ।’
लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय रहेका साहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले नेपालगन्जमा लागूऔषधको समस्या दिनप्रतिदिन बढ्दै गएको बताए । त्यसको समस्या हटाउनका लागि सरोकारवाला निकाय सक्रिय भएर लाग्नुपर्ने उनले सुझाव दिए । ‘कारागारमा दैनिक लागूऔषधका आरोपितहरू गईरहेका छन् । त्यो अवस्था कसरी आयो ? हामीले मनन् गर्नुपछै,’—क्षेत्रीले भने ।
घटनाका कारण नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दी मध्ये आधा जसो लागूऔषध मुद्दाका छन् । ६ सय ८० कैदी बन्दी रहेकोमा २ सय ३७ कैदी बन्दी लागूऔषधका रहेको लामिछानेले जानकारी दिएका छन् । ‘यो संख्या दैनिक जसो बढ्दै गएको छ । यहाँ रहेका कैदी बन्दीको संख्याले यहाँको लागूऔषधको समस्या कति भयावह छ भन्ने देखाउँछ ।’—लामिछानेले भने । लागूऔषध मुद्दामा कैदी बन्दी धेरै भएका कारण जेल कोचाकोचको अवस्थामा छ ।
नेपालगञ्ज–१० स्थित कारागार कार्यालय कैदीबन्दीको आचरण सुधारका लागि भन्दै वि. सं. २००० मा स्थापना गरिएको हो । कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएको, कैदी बन्दीको संख्या अत्यधिक रहेको, ढल निकास, सरसफाई लगायतको व्यवस्थापनमा अनेकन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर बढने र ढल निकासको उचीत व्यवस्था नहुँदा वातावरण फोहर बन्ने गरेको पाइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी