ट्रेंडिंग:

>> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

तरुण नेता पुनलाई  सहिद घोषणा गर्न माग

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

रोल्पाको सुलिचौरमा आईतबार बेलुका गोली हानी हत्या गरिएका नेपाल तरुण दल रोल्पा नगर सभापति रोहित पुनलाई शहिद घोषणा गर्न माग गरिएको छ । नेपाली कांग्रेस रोल्पाले सोमबार सदरमुकाम लिबाङमा आयोजना गरेको विरोध प्रदर्शनमा सो माग राखेको हो ।
तरुण नेता पुनलाई सत्ताधारी दलकै कार्यकर्ताले हत्या गरेको औल्याउँदै उनीहरूलाई कानूनी दायरामा नल्याउँदा सम्म र मृतकलाई सहिद घोषणा नगरे सम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । कम्युनिष्ट अधिनायकवादको पहिलो शिकार तरुण दल भएको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले आरोप लगाए ।फकाई फकाइ रेष्टुरेन्टमा लगि गोली हानेर मारिनु चानचुने योजना होईन पुनले भने । अपराधीहरूलाई पानी मुनी गए पनि नछोडिने सभापति पुनको भनाई छ । नागरिकमा स्वतन्त्रपूर्वक राजनैतिक आस्था राख्ने र निर्भयताका साथ हिँडडुल गर्न नसकिने वातावरण सिर्जना भएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।
आईतवार वेलुका ४ः४५ वजे सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खाँदै गरेका अध्यक्ष पुनलाई गोलि प्रहार गरि हत्या गरिएको थियो । पोस्तोलबाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्शीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि लागेका पुनको घटना स्थलमै मृत्यु भएको वताइएको छ । दिनदहाडै प्रहरी चौकी नजिक भएको हत्याकाण्डले कानूनी शासनको खिल्लीमात्रै नउडाई सरकारको सुरक्षा संवेदनशीलता माथि नै गम्भिर प्रश्न उठाएको नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले वताए । हत्यामा संलग्न समूहलाई प्रहरीले पक्राउ नगर्नुले आशंका थपिएको तरुण नेताहरूले आरोप लगाएका छन् । हत्यामा धेरै जनाको संलग्नता रहे पनि रोल्पा नगरपालिका १० धवाङका देववहादुर घर्तीले पेस्तोल सहित प्रहरीमा आत्म समर्पण गरेको वताइएको छ । हत्यामा संलग्न पूर्व माओवादी केन्द्रको कार्यकर्ता रहेका घर्तीसंगै सोही पार्टी संवद्ध अन्य व्यक्ति भने अझै सम्म फरार रहे पनि प्रहरीले पक्राउ गर्न नसकेको नेपाली कांग्रेस रोल्पाले आरोप लगाएको छ ।
तरुण नेताको हत्याको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र नेपाल तरुण दल केन्द्रीय समितिले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरि हत्याको विरोध गरेका छन । नेपाली कांग्रेसका कार्यालय सचिव र नेपाल तरुण दलका महासचिवद्धारा हस्ताक्षरित विज्ञप्तीमा सत्ताको आडमा हत्याकाण्ड भएको आरोप लगाएका छन् । घटनालाई राजनैतिक रङ नदिई अपराधिहरूलाई हदैसम्मको कानूनी कारवाही गर्न तर्फ लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनसिं डाँगीले प्रतिकृया दिए । पात्र कुनै दल संग निकट भएकै आधारमा घटनालाई पनि दल संग जोड्दा पिडितले न्याय पाउन नसक्ने वातावरण वन्ने तर्फ सचेत रहनु पर्छ नेता डाँगीले भने । मृतक पुनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगिए पनि परिवारले शव बुझ्न मानेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%